कुरुलेको बन्दुके डाँडामा लटरम्म स्याउ

Описание к видео कुरुलेको बन्दुके डाँडामा लटरम्म स्याउ

चौविसे गाउँपालिका वडा नं. ३ वन्दुके डाँडा सुख्खाग्रस्त क्षेत्र हो । यहाँ सिँचाईको लागि मात्र होइन पिउनको लागि पनि खानेपानीको धेरै समस्या छ । खानेपानी समस्याकै कारण यहाँका स्थानीय वसाइ सर्न थाले । वस्ती रित्तिदै गयो । वसाइ सराइले सिंगो गाउँ नै उजाड वनाएको थियो । वसाइ सराइले वस्ती रित्तिएर उजाड वनाएको वुन्दुके डाँडामा अहिले लटरसम्म स्याउ फल्न थालेको छ । उजाड ठाउँलाई उब्जाउ वनाउने उद्देश्यले स्थानीय वासिन्दाको संलग्नतामा तमोर पर्माकल्चर सिकाइ थलो स्थापना गरि वर्षाको पानी संकलन गरि स्याउ खेती सुरु गरियो । पाँच वर्ष अघि रोपिएको स्याउको वोटमा गतवर्षदेखि फल लाग्न थालेको छ ।

Комментарии

Информация по комментариям в разработке