SYARGA DANCE || DOCUMENTRY || गुरुङ समुदायको मृत्यु संस्कारमा मात्र नाचिने स्यार्गा नाच||

Описание к видео SYARGA DANCE || DOCUMENTRY || गुरुङ समुदायको मृत्यु संस्कारमा मात्र नाचिने स्यार्गा नाच||

स्यार्गा परिचय ...
गुरुङ्ग समुदायमा मृत्यु संस्कारमा नाचिने एक बिशेष प्रकारको नाच हुन्छ त्यसलाई गुरुङ भाषामा स्यार्गा अथवा गरा भनिन्छ।

मृत्यु संस्कार वा अर्घुमा लामा प्हच्यु क्ह्र्याप्रेले गर्ने भन्दा फरक किसिमको रिती हो स्यर्गा नाच।
स्यार्गा मृत्यु संस्कारमा अर्घु गरेको स्थान नजिकैको ठाउँमा विशेष गरि कुटुम्बहरुले मृत आत्माको शान्तिको कामना गर्दै नाचिने नाच पनि हो।
बिशेष गरी पुरुषहरुले सामुहिक रुपमा गोलाकार बनेर विशेष किसिमको झ्याली ढोलक वा ठुलो मादल जस्तो बस्तु बजाएर नाच्ने गरिन्छ।

स्यर्गा नाच्ने समूह भित्र एक जना गीत गाउने र एक जना बाजा गुरु हुन्छ जसलाई गुरुबा भनिन्छ। गुरुबाहरुकै नेतृत्वमा स्यार्गा नाच नाचिन्छ।
समुहले गुरुबा कै स्वरमा स्वर र तालमा ताल मिलाएर नाच्ने चलन रहेको छ। स्यर्गामा मृत आत्मालाई स्वर्ग तार्नको निम्ती गरिने सम्पूर्ण विधि रहेको हुन्छ। त्यसैले स्यर्गा अनुभवी गुरुहरुको नेतृत्वमा सामुहिक रुपमा नाच्ने गरिन्छ।

मृत्यु संस्कारमा मात्र नाचिने यो नाच अरु बेला नाचिदैन। नयाँ पुस्ताले पनि यो संस्कारलाई जगेर्ना गर्नु पर्ने जरुरी देखिन्छ।

कृपया भिडियो डाउनलोड गरेर कुनै पनि सामाजिक संजालमा अपलोड नगर्नुहोला। मन परेमा निर्धक्क शेयर गर्न सक्नुहुनेछ।

Writing : Anita Gurung
Voice/Camera/Editing : Nabin Babu Gurung

  / streetnepals  

  / nkgrg  

foollow us on facebook :   / streetnepals  

twitter :   / streetnepal  

Youtube :    / streetnepal  

Instagram :   / streetnepal  

Concact : [email protected] / 9851140647

Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
स्ट्रिटनेपालका भिडियो सामग्रीहरु डाउनलोड गरेर कुनै पनि सामाजिक संजालमा अपलोड गर्न मनाही छ। भिडियो शेयर गर्न भने पाइन्छ।
#Syarga_Dance #Culture #Gurung #visitnepal2020

Комментарии

Информация по комментариям в разработке