Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain

Описание к видео Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain

नेपाली छन्द कविता: भानुभक्त र घाँसी
कवि : कविराज नरनाथ आचार्य
छन्द: शार्दूलबिक्रीडित
वाचन : सरू गुरागाईँ

नेपाली छन्द कविता: घाँसी
आदिकवि भानुभक्त आचार्य
छन्द: वसन्ततिलका
वाचन : सरू गुरागाईँ
अडियो/भिडियो: मुरारी गुरागाईँ

बीस् साल् मा कवि भानुभक्त ससुराली का घरै जाम् भनी
​​(वि.सं. १९२० साल भनेको हो)
जान्थ्या घर् तिरबाट कोस तिनमा थीयो कुवा एक् अनी ।
जेठ् मास् पो रछ घामले कविजिका बाधा गर्‍यो देहमा
खान्छू पानि भनी गया कवि तहाँ कूवा थियो सेपमा ।। १ ।।

खाए पेट्भरि पानि ताँहि ति बस्या एक् छिन् त आराम् लिई
कूवा मास्थिरबाट घाँसिजन एक् भारी ठूलो घाँस् लिई ।
आयो भारि बिसाइ पानि पिइ खुप् ताँही बस्यो त्यो पनि
देख्तैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनी ।। २।।

काँहाँ हो घर आज जानु छ कहाँ कस्मा हुनूभो भनी
सोधेको सुनि भानुभक्त कविले काम् ठाम् बताया पनी ।
बाजे सज्जन विप्र पण्डित रछन् भन्न्या सुनैथ्यो जसै
लाग्यो घाँसि त गर्न पण्डितसरी ज्ञान् का कुरा पो तसै ।। ३।।

बाजे खानुभएछ पानि अहिले यस्ता बडाले पनि
लाग्यो खूसि मलाइ आज मनमा यो काम् असल् भो भनी ।
पानी याँहिं थियो चिसो र पहरा देखी छिर्‍याको भई
धारो गर्न खडेरिमा त नहुन्याँ सूकेर सानो भइ ।। ४ ।।

कोदालाहरू मात्रले खनि कुवा साध्यै नहून्या थियो
पानी खानिहरूकनै असजिलो साह्रै भयाको थियो ।
एक् छिन् पानि पिएर बस्न पनि ठाम् थीयो विकट्को अती
मैले आग्रि लगाइ काटि पहरो कूवा खन्याको यति ।। ५ ।।

दश्-आठ् मानिस बस्नलाइ सजिलो येती चिठाईदियाँ ।
पास्मा धन् अलि क्यै भया अरु ठुलो कीर्ती म राख्‍न्या थियाँ ।
मेरो गोठ् त्यहिँ पारि भैसि तिनि हुन् तिन्लाइ घाँस् हाल्दछू
तिन्कै गोबरमा गरी अलि-अली खेती जहान् पाल्दछू ।। ६ ।।

भैंसीको जिउ घीउ बेचि कपडा निर्बाह नुन्को गरी
बाजे ! यै जिविका छ धेर धन पो के हुन्छ घर्मा भरी ?
मै हूँ धन्कट छू भनेर हिँडन्या जन्म्या ति नाङ्गै यहाँ
आँखैले कति देखियो गइसके धन् छोडि नाङ्गै कहाँ ? ।। ७।।

तिन्को नाम निशान लुप्त हुन गो क्या काम भो धन् भई ?
खान्छन् धन् अरुले, छ पाप त भन्या रुन्छन् नरक्मा गई ।
कीर्ती हो जनले त राखनु ठुलो घर् भित्र धन् छाडि ता
स्वास्नीका वधुका भदै तक हुनन् आखीरमा खाँनि ता ।। ८ ।।

पानी खानि भला कुवा खनिदियाँ एती गरे ता पनी
मेरो नाम लिएर पानि खुसि भै खानन् कि क्यै काल् भनी ।
मेरो बुद्धि छ यै भन्याँ हजुरले के ठान्नु भो आज लौ
जान्छू भैंसि गए परै पुगिसके फर्काउनै पर्छ धौ ।। ९ ।।

यस्ता बात् गरि घाँस बोकिकन त्यो घाँसी गएथ्यो जसै
घाँसीका सब बात् सुनेर कविको मन् ता भयो छक् तसै ।
घाँसी ब्राह्मण पन्थ जैसि ति रछन् कूमाइ धन् का गरिप्
सत्संगत् सुनि त्यो पुराण् गरुडको बात् गर्नमाका हरिप् ।। १० ।।

त्यै बिच्मा कविका त त्यो मनविषे जुन् भावना भयो
त्यै बात् का कविता इ पद्य दुइ हुन् लोक्मा प्रसिद्धै छ जो ।

भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
मो भानुभक्त धनि भैकन आज यस्तो ।

मेरा इनार न त सत्तल पाटि क्यै छन्
जो धन् र चीजहरु छन् घरभित्र नै छन् ।
यस् घाँसिले कसरि आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।





यदि तपाईँहरु अरु थुप्रै कविताहरु सुन्न चाहानुहुन्छ भने यो च्यानल सब्सक्राईब गर्नुहोस...

   / @murariguragain  

हामी छन्दका कविता वाचन लिएर आउनेछौँ।। यहाँहरुको अमूल्य प्रतिक्रियाको अपेक्षा गर्दछौँ। धन्यवाद ।



Bhanubhakta ra Ghansi
Poet: Kabiraj Naranath Acharya
Chhanda: Shardulabikridit
Recitation: Saru Guragain
Audio/Video: Murari Guragain

Ghansi
Aadikabi Bhanubhakta Acharya
Chhanda: Basantatilakaa
Recitation: Saru Guragain
Audio/Video: Murari Guragain

Please Subscribe Our Channel to get more our videos.
And Do not forget to drop your Feedback.
Thank You All.

#saruguragain #murari #ramayana

Комментарии

Информация по комментариям в разработке