World Mission Society Church of God Kathmandu, conducted a Clean-Up campaign inTokha Nepal Sep302024

Описание к видео World Mission Society Church of God Kathmandu, conducted a Clean-Up campaign inTokha Nepal Sep302024

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौंद्वारा विश्वव्यापी आशा च्यालेन्ज जलवायु परिवर्तन प्रतिक्रिया अन्तर्राष्ट्रिय नीलो आकाश दिवस तथा ओजन तह संरक्षण दिवसको उपलक्ष्यमा आशाको वन अभियान अन्तर्गत टोखाको भुतखेल पार्क सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।


२४० जनाभन्दा बढी परमेश्वरको मण्डलीका सदस्यहरूले टोखा नगरपालिकाको भुतखेल पार्क वनको क्षेत्रको १.५ कि.मि. पार्क सरसफाइ गरेको हो । यस ठाउँको मुख्य पिकनिक स्पोट, खेल मैदान तथा व्यायाम गर्ने ठाउँ भएको र यहाँ मानिसहरूको आवतजावत धेरै हुने भएकोले यत्रतत्र भएका फोहोरहरू संकलन गरिएको होे । ७ बजेदेखि सुरु गरिएको सरसफाइ करीब २ घण्टासम्म जारी रहेको थियो । प्लास्टिकका सामग्रीहरू, क्यान, फुटेका बोतलहरू गरी १०० बोरा फोहोरहरू संकलन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पृथ्वी हाम्रो घर भएकोले यसलाई मानव सृजित कारणले फोहोर बढिरहेको अवस्था छ । हामी सबैले मिलेर यो फोहोर सरसफाइ अभियानमा लाग्नुपर्ने बताउदैं रोग न्युनिकरण गर्न सकेमा फोहोर न्युनिकरण हुने बताउनुभयो । परमेश्वरको मण्डलीले आज यो सरसफाइ कार्यक्रमको आयोजना गरेकोले धन्यबवाद व्यक्त गर्नुभयो । यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसिले वातावरण दुषि र प्रदुषणमय बनाएको अवस्था छ । पृथ्वीको अस्तित्व संकटमा परेको यो समयमा आज परमेश्वरको मण्डली टोखाले सरसफाइ अभियान संचालन गरेको छ । पृथ्वीलाई बस्न लायक बनाउनका लागि हामीहरु आफै लागि पर्नुपर्ने देखिन्छ । परमेश्वरको मण्डलीले सरसफाइ अभियान मार्फत वातावरण संरक्षण गर्न शुरुवात गरेको छ । टोखा नगरपालिका समेत यो अभियानमा जोडिएको छ, यसले वातावरण संरक्षण महत्वपुर्ण भुमिका खेल्नेछ भनने कुरामा विश्वस्त भएको बताउनुभयो । टोखा नगरपालिकाको साथ र सहयोग रहने कुरा बताउदैं टोखा सुन्दर बनाउन र सफा बनाउन जोडिनुभएकोमा धन्यवाद दिनुभयो । यस्तै टोखाका प्रहरी वरिष्ठ नायब निरिक्षक तिलकराज भण्डारीले अन्तर्राष्ट्रिय नीलो आकाश दिवस तथा ओजन तह संरक्षण दिवसको उपलक्ष्यमा वातावरण संरक्षणमा मानिसहरुलाई दिएको सचेतना सबैको लागि उत्कृष्ट हुने भएकोले वातावरण संरक्षणमा हामी सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । परमेश्वरको मण्डलीले आयोजना गर्ने आशाको वन अभियानकोउद्देश्य भनेको वृक्षारोपण गर्ने, हानिकारक बोट–बिरुवाहरू हटाउने, फोहोर तथा ज्वलनशील सामग्रीहरू सङ्कलन गरेर कार्बन उत्सर्जनलाई कम गर्नुको साथै भूमि संरक्षण, जैविक विविधता संरक्षण, वन आगलागी रोकथाम र दिगो वन सृजना गर्नुमा योगदान पुर्याउनु हो । संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, पेरु, कोरिया, मङ्गोलिया, दक्षिण अफ्रिका जस्ता विभिन्न देशका सदस्यहरू यसमा सहभागी भइरहेका छन् । परमेश्वरको मण्डलीका एक जना अधिकारीका अनुसार “वातावरणलाई हराभरा बनाएर वायुमण्डललाई शुद्ध पार्न, ओजोन तहको संरक्षणमा योगदान पुर्याउन र विश्वव्यापी जलवायु संकटलाई रोक्नको निम्ति गरिएको यस अभियानमा हाम्रा सदस्यहरू स्वेच्छाले सहभागी भएको बताउनुभयो । दिगो विश्व वातावरणलाई महसुस गर्ने कार्यमा धेरै नागरिकहरू सहभागी हुने उहाँले बताउनुभयो ।”
योचाहिँ परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालन गर्ने ‘विश्व आशा च्यालेन्ज’को एक हिस्सा हो । जुलाईमा काठमाडौंको नागर्जुनस्थित छग्डोल गाउँको वनमा ५०० वटा, र कोशी प्रदेशस्थित दमकको रतुवा खोलाको किनारमा ५०० वटा बिरुवाहरू रोपेर ‘आशाको वन’ अभियान गरिएको थियो । ‘सङ्कटमा परेको विश्वव्यापी गाउँलाई आशा बाँडौं’ भन्ने लक्ष्यका साथ दिगो विकास लक्ष्यहरू (SDGs) सँग सहकार्य गर्दै ६ वटा क्षेत्रहरूमा आशा च्यालेन्जको कदम चालिएको थियो । मण्डलीले आशाको वन अभियान बाहेक पनि ‘निस्ता–चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान, ‘प्लास्टिकको फुटप्रिन्ट हटाऔं’ अभियान, ‘३६६ वटा आशाका फुटप्रिन्ट’ इत्यादि दैनिक जीवनमा कार्यान्वयन गर्ने अभियान जस्ता विभिन्न गतिविधिहरू गर्दैआएको छ ।
अहिलेसम्म परमेश्वरको मण्डलीले विभिन्न क्षेत्रहरूमा मानवताप्रतिको प्रेमलाई महसुस गर्न प्रयत्न गरिरहेको छ । मण्डलीले वृद्धाश्रमको सान्त्वनादायक भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक तह विद्यालयलाई शैक्षिक प्रयोजन कम्प्युटर सहयोग आदि कार्यद्वारा छिमेकी र समुदायमा आशा बाँडिरहेको छ । भावी पुस्ताले आफ्नो शैक्षिक अधिकारलाई सदुपयोग गर्न पाऊन, र सुरक्षित शैक्षिक वातावरणमा स्वस्थ रूपमा हुर्कून भन्ने लक्ष्य परमेश्वरको मण्डलीले लिएको छ ।
सन् २०१५ को महाभूकम्प जाँदा पनि परमेश्वरको मण्डलीले विभिन्न मानव सेवाका गतिविधिहरू सक्रियतापूर्वक गरेको थियो । भूकम्पले गर्दा भग्नावशेष भएको २ ठाउँका विद्यालयलाई पुर्नस्थापना गर्नुका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार कार्य तथा घाइतेहरूलाई उद्धार गर्ने कार्य पनि गरेको थियो । यसबाहेक मण्डलीले हिमाली गाउँका १,००० घरलाई हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न उपलब्ध गराएको छ । यस्तो परोपकारी कार्य विश्वव्यापी रूपमा अगि बढिरहेको छ । मण्डलीले वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग जस्ता स्वयंसेवाहरू २८,००० पटकभन्दा बढी गर्दैआएको छ ।
यसले गणतन्त्र कोरियाका ३ वटा मुख्य सरकारबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक, विधायिकी पदक गरी प्रत्येक देशका सरकार तथा निकायबाट ४,७०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र प्राप्त गरेको छ । परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशका ७,८०० वटा ठाउँमा स्थापित विश्वव्यापी मण्डली हो, र यसमा आबद्ध ३७ लाख जना सन्तहरूले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन र उहाँहरूको शिक्षालाई पछ्याउँछन् ।

Комментарии

Информация по комментариям в разработке