धरान उपमहानगरमा तिहारको रौनकसंगै चुनावी सरगर्मी

Описание к видео धरान उपमहानगरमा तिहारको रौनकसंगै चुनावी सरगर्मी

एक प्रतिनिधि सभासहित तीन प्रदेश सांसद र ४८ स्थानीय तहका रिक्त पदका लागि मंसिर १४ गते उप- निर्वाचन तोकिएको छ । निर्वाचन आयोगले उप- निर्वाचन कार्यतालिका सार्वजनिक गरेसंगै चुनावी चर्चा बढेको छ । नगर प्रमुखको निर्वाचन हुन लागेको सुनसरीको धरान उपमहानगरमा तिहारको रौनकसंगै चुनावी सरगर्मी पनि बढेको छ ।


पूर्वी नेपालको महत्वपूर्ण नगरका रुपमा लिइने धरान उपमहानगरमा नगरप्रमुख तारा सुब्बाको निधन भएपछि उप-निर्वाचन हुन लागेको हो । तिहारको रमझमसंगै धरान क्षेत्रमा अहिले चुनावी चहपहल सुरु भएको छ । तिहार मनाउन जम्मा मतदाताबीच दल र सम्भावित उम्मेदवारका विषयमा चर्चा परिचर्चा भइरहेको छ । सुनसरी कांग्रेसले सर्वसम्वत उम्मेदवार सिफारिस गरेपनि केन्द्रले टुंगो लगाउन बााकी छ । अन्य दलले सिफारिस गर्न बााकी रहेको जनाएका छन् । विगतका चुनावी नतिजालाई आधार मान्दा नेकपा र कांग्रेसबीच मूख्य प्रतिष्पर्धा रहेको धरानमा मधेसवादीदलरुको पनि प्रभाव छ । अघिल्लो पटक नगर प्रमुखमा ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको धरानमा यस पटक पनि स्वतन्त्र उम्मेदवारीको चर्चा व्यापक छ । अघिल्लो निर्वाचनमा प्रमुख सहित २० वडा रहेको धरान उपमहानगरका १५ वटा वडामा तत्कालिन एमाले विजयी भएको थियो । कांग्रेसले १,२,५,१४ र १८ मा गरी जम्मा ५ वटा वडामा चुनाव जितेका थिए । हाल कार्यपालिकामा कांग्रेसका ५ जना सदस्य छन् भने बांकी सबै नेकपाका छन । ९२ हजार ८ सय ५३ मतदाता रहेको धरान उपमहागर प्रमुखको चुनावलाई सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले प्रतिष्ठाकै बिषय बनाएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevisionnetwork  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке