Paribanda (परिबन्द)- पुष्करशमशेर जङ्गबहादुर राणा, CBSE, class X

Описание к видео Paribanda (परिबन्द)- पुष्करशमशेर जङ्गबहादुर राणा, CBSE, class X

कथा-बिम्ब
परिबन्द
-पुष्करशमशेर जंगबहादुर राणा
१)‘परिबन्द' भनेको के हो?
उत्तर:- संयोगवश घटेका घटनाहरू मिलेर चारैतिरबाट फन्दामा पर्नु नै परिबन्द हो ।

२) ‘परिबन्द’ कथाको कथाकारको नाम उल्लेख गर्दै कथामा वर्णित मुख्य पात्र-पात्राहरूको नाम लेख्नुहोस्।
उत्तर:- ‘परिबन्द’ कथाको कथाकारको नाम हो:- पुष्करशमशेर जङ्गबहादुर राणा अनि यस कथामा वर्णित मुख्य पात्र-पात्राहरू हुन् :- रने औ सेती ।

३) ‘परिबन्द’ कथाको पुरूष पात्र परिबन्दको घेरामा पर्नुको कारणहरू उल्लेख गर्नुहोस्।
उत्तर:- 'परिबन्द' कथाको पुरुष पात्रको नाम हो-रने उर्फ रनबहादुर गुरुङ।उ 'परिबन्द' को घेरोमा पर्नुको कारणहरू निम्न प्रकारले उल्लेख गर्न सकिन्छ:-
आफ्नी स्वास्नी सेतीलाई हात-पात गर्न खोज्यो भनेर उनले लाहुरेसित झगडा गरेको थियो। यत्ति मात्र होइन, रीसको झोंकमा सबैको सामु "यसलाई नमारी छोडदिनँ" भनेर भनेको थियो। त्यसै रात लाहुरेको हत्या भयो।
लाहुरेको हत्या भएकै रात रनेले ढिकीच्याउँ भन्ने कीरो मार्दा उसकी स्वास्नी सेतीले "नमार-नमार" , "हरे नारायण, वैकुण्ठवास होस्।" भनेर भनेकी कुरा गाउँकै एक व्यक्ति काल्चा नेवारले सुनेको हुन्छ।
द्वारेलाई लाहुरेको हत्या भएको खबर दिन गएको रने "द्वारेले कतै मलाई नै लाहुरेको हत्यारा ठान्छन्" कि भन्ने सोचेर मुग्लानतिर भाग्छ। उल्लेखित घटनाक्रमहरू नै रने परिबन्दको घेरामा पर्नुको कारणहरु हुन्।

४) ‘परिबन्द’ कथामा रनेकी स्वास्नी सेतीले रनेलाई कीरो ‘नमार ! नमार!' भनेकी कुरा कसले सुनेको थियो?
उत्तर:- काल्चा नेवारले।

५) लाहुरे र रनेका बीचमा किन झगडा भएको थियो? त्यस झगडाको परिणाम के भयो?
उत्तर:-लाहुरेले रनेकी स्वास्नी सेतीलाई जिस्क्याउँदा उनीहरूको बीचमा झगडा भएको थियो।त्यस झगडाको परिणाम स्वरूप रने परिबन्दमा फँस्यो अनि लाहुरेको हत्या अभियोगमा बिनासित्ति सजाय भोग्नुपर्यो ।

६)के कारणले रनले आफूलाई परिवारको सबैभन्दा अभागी ठान्थे?
उत्तर:- हैजाको प्रकोपमा परेर रनेका परिवारका सम्पूर्ण सदस्यहरूको मृत्यु भएको थियो।केवल उ मात्र बाँचेको थियो परिवारमा। यसरी सबै सदस्यहरूलाई अघि लगाएर एक्लो बाँच्नु पर्दा रनेले आफूलाई अभागी ठान्थे।

७) कानूनले रनेलाई अपराधी ठानेता पनि उसलाई के कुरामा चाहिँ सन्तोक लाग्यो?
उत्तर:- कानूनले उसलाई अपराधी ठानेता पनि आफ्नी स्वास्नी सेतीको नजरमा – सेतीको मनमा उ निर्दोष थियो।यो कुरामा चाहिँ उसलाई सन्तोक लाग्यो।

८)रने र उसकी स्वास्नी बेलुका कहाँ गएका थिए ?
उत्तर:-
९) हाम्रो तिर त्यसलाई ______ भन्छ ।
उत्तर:-
१०)रनेको पूरा नाम के थियो?
उत्तर:-
११)रनले भागेर कहाँ जाने सोच्यो ?
उत्तर:-
१२)विचारीको नाम के थियो? उनको थेगो के थियो?
उत्तर:-
१३)रने कहाँ पकडा पर्यो ?
उत्तर:-
१४)सेती कहाँ बस्थी ?
उत्तर:-
१५)रनेले सेतीलाई के भनेर बोलाउँथ्यो?
उत्तर:-
१६) परिबन्दले के के गर्न सक्छ?
उत्तर:-

Комментарии

Информация по комментариям в разработке