३.४ कर. कमिसन र हासकट्टी (Tax, Commission & Depreciation) खरिदार गणित दोस्रो पत्र विशेष कक्षा

Описание к видео ३.४ कर. कमिसन र हासकट्टी (Tax, Commission & Depreciation) खरिदार गणित दोस्रो पत्र विशेष कक्षा

३.४ कर. कमिसन र हासकट्टी (Tax, Commission & Depreciation)

कर (Tax)
व्यक्ति वा फर्मले सरकारलाइ अनिवार्य रुपमा भुक्तानी गर्नुपर्ने रकम कर हो।
कर ‍= करयोग्य रकम x कर प्रतिशत %


कमिसन (commission)
एजेन्ट वा विक्रेतालाई उसले प्रदान गरेको सेवा वा विक्रीको आधारमा उत्पादन वा कम्पनीले प्रदान गर्ने रकम कमिसन (commission) हो।
कमिसन विक्री मूल्य (S.P.) बाट निकालीन्छ।
कमिसन = कारोबार र क्र.मु x कमिसन % हुन्छ।

हासकट्टि (Depreciation)
कुनै वस्तुमा निश्चित अवधि पछि निरन्तर भइरहने मूल्यको ह्रास हासकट्टी (Depreciation) हो।

यो D_T=P(1-R/100 )^T

D₁ = कुनै वस्तुको T वर्षपछि घटेको मूल्य
P = कुनै वस्तुको सुरुको मूल्य
T = समय
R = हासकट्टि दर

महत्त्वपूर्ण सूत्रहरूः
कमिसन रकम = बिक्रय मूल्य × कमिसनको दर
कमिसनको दर = कमिसन रकम/विक्रय मूल्य × 100%
वास्तविक बिक्री मूल्य = सामानको मूल्य - कमिसन
कुल आम्दानी = तलब + कमिसन
करयोग्य आम्दानी = कुल आम्दानी - कर छुट रकम
आयकर = करयोग्य आम्दानी × करको दर
करको दर = तिरेको करको करमकरयोग्य आय × 100%
लाभांश रकम = लाभांश दर× कूल नाफा


१. यदि कुनै उद्योगले 1,00,000 भन्दा बढी नाफा गरेमा बढी भएको रकमको 25% कमिसन कर्मचारीलाई प्रदान गर्दछ भने त्यो उद्योगको 8.00,000 नाफा गरे कर्मचारीहरूले कति कमिशन पाउँछन् ?
उत्तरः यहाँ,
जम्मा नाफा = रु. 800000
कर्मचारीले पाउने कमिशन रकम = 800000-100000
= रु. 700000
अब, कर्मचारीले पाउने रकम= रु. 700000 को 25%
= 700000 × 25/100
= रु. 175000
कर्मचारीले पाउने कमिशन रकम रू. 175000
थप प्रश्नहरू
१।एउटा गाडीको मूल्य रु. 8,00,000 छ। बिक्रि गर्नेलाई 5% कमिशन दिंदा कमिशन रकम कति हुन्छ ? (Ans: रु. 40000)
२.कुनै सामान बेच्दा 10% कमिशन बापत रु. 9000 पाउँछ भने उक्त सामानको मूल्य कति निर्धारण गरिएको रहेछ ?Ans: 90000)
३.पहिलो 2 लाखमा 1%, त्यसपछिको 4 लाखमा 2% 14 लाख भन्दा माथिको जुनसुकै रकममा 3% का दरले कमिशन थपिदै जान्छ भने रु. 10 लाखको कारोबारमा कति रकम कमिशन वापत प्राप्त हुन्छ ?(Ans: रु. 22000)
४. रु. 1200000 को सामान बेच्दा रु. 3000 कमिशन आउँछ भने कमिशन . कति होला ? (Ans: 0.25%)
५.वार्षिक रु. 250000 आय आर्जन गर्दा रु. 15600 आयकर तिर्छ रु. 130000 सम्म आयकर छुट छ भने आयकरको दर कति होला ? (Ans: 13%)
६. एउटा कम्पनीले रु. 10,00,000 भन्दा बढी नाफा गरेमा उक्त रकम भन्दा बढी रकमको 20% लाभास कर्मचारीलाई बितरण गर्छ। रु. 16,00,000 नाफा गर्यो भने कति लाभांस प्राप्त गर्छन ? (Ans: 120000)
७. रु. 80000 भन्दा बढी नाफा गरेमा उक्त रकम भन्दा बढी नाफाको 12%, नाफा लाभांसको रुपमा वितरण गर्छन भने रु 200000 नाफा गर्यो भने कति लाभांस प्राप्त गर्छन (Ans: रु. 14000)
८.कुनै कम्पनिको नाफा रु. 6,00,000 छ। रु. 2,00,000 भन्दा बढी नाफामा लाभांस दिंदा रु. 1,20,000 लाभांस प्राप्त गर्धन भने लाभांस % कति होला ? (Ans: 30%)
९.एउटा स्विमिंग पुलमा स्विमिंग गर्दा रु. 1500 तिर्नुपर्छ जसमा 20% कर जोडिएको छ भने वास्तविक मूल्य कति होला ?(Ans: 1250)
१०. एउटा फिल्म हेर्दा रु. 800 तिर्नुपर्छ जसमा रु. 200 मनोरंजन कर वापत जोडिएको हो भने मनोरंजन करको दर कति रहेछ ? (Ans: 33.33%)
११.रामको वार्षिक आय रु. 5,00,000 छ। कर लाग्ने रकमको 15% कर तिर्दा रु. 30000 तिर्छ भने कर छुट रकम कति रहेछ ?(Ans: रु. 200000)
१२.एउटा टिभीको मूल्य रु. 50000 छ। 15% VAT सहित उक्त टिभी कतिमा बेच्नुपर्ला ? (Ans: 57500)
१३.एउटा व्यक्तिले 10% छुटमा एउटा वस्तु किन्दा 16% VAT तिर्छ। यदि उसले तिरेको VAT रकम रु. 240 भए अंकित मूल्य कति होला ? (Ans: रु. 1666.67)

This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке