Dr. Dinesh Syangbo Tamang | आफ्नो शैक्षिक यात्राको अनुभव सुनाउदै

Описание к видео Dr. Dinesh Syangbo Tamang | आफ्नो शैक्षिक यात्राको अनुभव सुनाउदै

तामाङ बौद्ध सेवा समिति संगमटोल-१३ पोखराद्वारा आयोजित विशेष सम्मान कार्यक्रमद्वारा डा.दिनेश स्याङबो तामाङलाई सम्मान गरिएको छ।डा. दिनेश तामाङ इटालीको सियाना विश्वविद्यालयले 5G प्रविधि विषयमा विशिष्ट अनुसन्धान र अध्ययन पूरा गरेपछि एक नेपाली विद्यार्थीले पिएचडी हासिल गरेका छन्। यो उपलब्धि 5G प्रविधिको क्षेत्रमा विशेष योगदान पुर्‍याउने र नेपाललाई पनि प्रविधि क्षेत्रमा अगाडि बढाउने दिशामा महत्वपूर्ण मानिएको छ। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्टीको,कसको मान्छे भनेर सोधेर मात्र नियुक्ति गर्छ भने यो भन्दा दुखद के हुन सक्छ?सक्षम व्यक्तिले देशमा क्षमता अनुसारको पारिश्रमिक नपाउनु अर्को दुखद पक्ष हो गुरुङले भन्नुभयो।यद्यपि हरेक मानिसमा मानवियता,सामाजिक राजनैतिक चेतना भने हरेकमा हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको पनि वहाँले प्रस्ट्याउनुभएको थियोे।

तामाङ यो सफलता र मेहनतले अन्य नेपाली विद्यार्थीहरूलाई पनि उच्च शिक्षामा प्रोत्साहन दिने र प्रविधि क्षेत्रमा नयाँ अनुसन्धानको लागि प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रम सम्मानित भए पश्चात् डा.दिनेश तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव साट्नुभएको थियो।अध्ययनको क्रममा आफ्नो लक्ष्य तय भइसकेपछि धैर्यता,निरन्तरता र कडा परिश्रम नै अचुक कडी हो ।कार्यक्रममा नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ,जिल्ला घेदुङ कास्कीका सचिव मिनमाया तामाङ,साथै महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो लगायतका व्यक्तिहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियोे।

उपाध्यक्ष शेरजङ वाईबाको स्वागत मन्तव्य,सचिव पवित्रा तामाङको संचालन रहेको कार्यक्रम संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

----------------------------
यदि तपाईहरुलाई यस्तै नयाँ नयाँ किसिमको जानकारी पाउनका निमित्त यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला ।
---------------------------

Please
LIKE | COMMENT | SHARE | SUBSCRIBE


To stay updated please CLICK HERE to SUBSCRIBE:
   / @tamangdim  

Connect With Tamang Dim
Facebook Page :   / tamangdim  

Email : [email protected]
#TamangDim
#tamangdim

Комментарии

Информация по комментариям в разработке