चरीको विलाप । Chari ko Vilaap । कवि शिरोमणि लेखनाथ पौड्याल विरचित तरुण तपसी बाट उद्धृत कविता

Описание к видео चरीको विलाप । Chari ko Vilaap । कवि शिरोमणि लेखनाथ पौड्याल विरचित तरुण तपसी बाट उद्धृत कविता

चरीको विलाप । Chari ko Vilaap । कवि शिरोमणि #लेखनाथ #पौड्याल विरचित तरुण तपसी बाट उद्धृत कविता

"चरीको विलाप" तरुण तपसी "नव्य-काव्य" बाट लिएको हो।
प्रस्तुत भिडियोमा तरुण तपसी पुस्तक को भाग - 6 बाट पद्यहरु संकलित गरिएको छ।
कुनै कुनै पद्यहरु कक्षा - 8 को नेपाली पुस्तकमा पनि उद्धृत गरिएको छ।
मर्न लागेको चरीको मुखबाट हिंसातिर लागेका आजका मान्छेका पतनको राम्रो चित्र प्रस्तुत गरिएको छ।
कुकार्यमा लागेका व्याधाजस्ता शोषक मान्छेलाई चरीको विलापले मुटुमा च्वास्स घोच्छ।
कविले यहाँ मानवीय भावनाको विकास गरी शान्ति र प्रेमको संसार बनाउने आह्वान गरेका छन्।

#चरीको #बिलाप

शिकारीको झम्टा तन बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै व्याकुल बनी ।
म मर्ने बेलो भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो त्यस्को भरसक बुझे है तिमि पता।। 2।।

नशक्छौ यो आँशु टप टप टिपी चप्प पिउन
नशक्छौ मासूले दिनभर अघाएर जिउन ।
नशक्छौ यी भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ ब्यर्थै मेरो मनुज तिमिले जीवन किन ?।। 4।।

दुबै भाले पोथी हरबखत पालो गरि गरि
लगी दिन्थ्यौँ चारा बिकल बचराको मुखभरि।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी !
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी।। 15।।

कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
नहाने है बाबा विकल बचरा हुर्कन दिए
बृथा चर्को अर्को शिशु मरणको पाप नलिए।।17।।

कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ।
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
कठै मेरा लेखा अब सब कुराको प्रलय भो।।18।।

न चाँडो जाने भो सहजसित यो प्राणपवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै कस्तो पापी कति कुपित यो क्रूर नियति।।19।।

दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ
म मर्ने हूँ मर्छू तर तिमि नराम्रो सित चुक्यौ।।24

चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी।।23।।

यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।27।।

चराको झैं तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियतिगतिले तागत भने।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।28।।

यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।30।।

व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।31।।

धन्यवाद

Комментарии

Информация по комментариям в разработке