गिरान्चौरको चुड्का

Описание к видео गिरान्चौरको चुड्का

आँबु गाउँ पालिका वडा नं १ स्थित गिरान्चौरमा चुड्का भोजको आयोजना गरिएको छ। दर्शक बृन्द यो त्यही गाउँ हो जहाँ सम्भवत नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल रहेको छ। आजको यस भोजमा काठमाण्डौ, लमजुङ्ग तथा छिमेकका अन्य गाउँहरुबाट चुड्का लगाउन करीब एक दर्जन समुहहरु उपस्थित भएका छन्। एउटा टोलको प्रत्येकजसो घरको आँगनमा छुट्टाछुट्टै समुहले चुड्का गाउँदा एक किसिमको प्रतिस्पर्धा झैं देखिएको छ। यस अघोषित प्रतिस्पर्धामा कसैको हारजित त हुँदैन तर जुन समूह बढी प्रभावशाली हुन्छ नर्तकी युवतीहरु त्यही समुहमा आकर्षित हुन्छन र त्यो समूह बिजयी जस्तै हुन्छ। चुड्कामा भोज र नाचगान मात्रै हुँदैन यहाँ त मस्कामस्की, छेडखानी , माया पिरती तथा हास्यव्यंग पनि हुन्छ। दिनभरी आयोजक गाउँका युवाहरुले पाहुनालाई खानपिन तथा सत्कार गर्छन। पाहुनाहरु खाँदै रमाउँदै नाचगान गर्छन। दिनको अन्त्यतिर पाहुना युवाहरुले आयोजक युवतीहरुलाई आफ्नो गच्छे अनुसारको दक्षिणा टक्र्याउँछन्। यसरी एकदमै सौहार्द्रपूर्ण वातावरणमा एक अर्को गाउँका युवायुवतीहरु बीच हुने परिचय तथा वैध छेडखानी र आत्मिय मनोरन्जनको यति विशिष्ट संस्कृति संसारमा बिरलै पाइएला !

Hamro Gaughar
Please Contact us if you have the issues you think that should be visualised and published
Please, Subscribe our channel `Hamro Gaughar` to see entertaining and informative videos. We upload the lifestyle of Nepali countryside life and the hidden talents of Nepalese society.

Комментарии

Информация по комментариям в разработке