Lyrical-Thula thula mahal haina(ठूला ठूला महल हैन) by legendary Karna Das

Описание к видео Lyrical-Thula thula mahal haina(ठूला ठूला महल हैन) by legendary Karna Das

Thula Thula Mahal Haina
Singer : Karna Das
Genres Pop Patriotic Song
Lyrics
ठुला-ठुला महल होइन, सीप सिकाउने झुपडी देउ दैव।
हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देउ।
झुपडीमा हात तिखार्छु, खेतैभरि पसिना चुहाउछु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु।

भोकालाई भोजन देउ, लाजलाई ढाकीदेउ।...२
प्यासीलाई चट्टान फुटाऊ, रुखो खेतमा बादल खसाऊ,
बाझो कोखमा, मूल फुटाउ।...२
रगत माग्ने तलवार होइन,मसि माग्ने कलम देउ, राजन।
धेरै बोल्ने ऒठ होइन, सेवा गर्ने हात देउ।
ईतिहास म आजै लेख्छु, हातेमालो म आजै बुन्छु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु।

धन हुनेलाई मन देउ, मन हुनेलाई सारथी बनाऊ।...२
प्रिती गास्ने साइनो देऊ, गाउँ-गाउँ पुग्ने पाइला देउ।
फेरि एउटा बुद्ध पठाऊ।...२
धर्ती फोड्ने बारूद होइन, मन फर्काउने ज्ञान देऊ दैव।
मागिहिड्ने जोगी होइन, दर्शन बाड्ने पुजारी देऊ।
वेदले म बुद्धत्व पाउछु, दर्शन पाई, म पाइला सार्छु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु ...३


Don't Forget to Subscribe this channel for more lyrical song

Комментарии

Информация по комментариям в разработке