Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть Buddha Gyan!!बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोक

  • Buddha Gyan For Better Life
  • 2022-02-06
  • 146
Buddha Gyan!!बौद्ध धर्ममा  स्वर्ग, नर्क र अन्य लोक
philosophymeditationenlightened personbuddha gyanbuddha's wisdombuddha's teachingmystic personyogiindianindian mysticspiritualspiritualityspiritual pathबौद्धमा स्वर्गनर्क र अन्य लोकheaven and hell in buddhismheaven talk in buddhismhell in buddhismsamyaksam buddhaghewatulkureincarnationreincarnation in buddhismbuddhanirvan
  • ok logo

Скачать Buddha Gyan!!बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोक бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно Buddha Gyan!!बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोक или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку Buddha Gyan!!बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोक бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео Buddha Gyan!!बौद्ध धर्ममा स्वर्ग, नर्क र अन्य लोक

बौद्धमा स्वर्ग, नर्क र अन्य लोक
बौद्ध धर्म–दर्शनअनुसार मानव जन्मन ठूलो अवसर हो। कुशल कर्मको सम्पादनबाट पुण्य सञ्चय गर्न मानव योनी नै उपयुक्त मानिन्छ। बुद्धले कुशल कर्मको सम्पादनबाटै दुःख अन्त्य गर्न सकिने सिकाएका थिए। कुनै पनि बौद्धको अन्तिम लक्ष्य निर्वाण पद लाभ गर्नु हो। जन्म र मृत्युको भवचक्रमा घुमिरहनु दुःखमा पर्नु हो भने दुःखका कारणलाई निर्मुल गर्नु निर्वाण पद लाभ गर्नु हो। ठीक यही बेला, बौद्धहरू विभिन्न लोक तथा गतिका कुरा गर्छन्। निर्वाण पदको लाभ यही लोक (पृथ्वी) र मानव गतिमा प्राप्त गर्न नसकिने हुँदा अन्य गति र लोकको कुरा गरिएको होइन। तसर्थ, यस विषयमा स्पष्ट हुनु नितान्त आवश्यक छ।
केही बौद्धहरू जो कोहीको निधन हुँदा ‘सुखावती भुवनमा वास होस्’ भनी कामना गर्छन्। ‘सुखावती भुवन’ स्वर्ग होइन। महायान बौद्ध धर्ममा पञ्चबुद्धको अवधारणा पाइन्छ। चारैतिर बुद्धको मूर्ति राखी चैत्य निर्माण गर्दा पश्चिम फर्काएर राखिएका ध्यान मुद्राका बुद्धको नाम अमिताभ हो। यिनलाई जापानमा ‘अमिदा बुत्सु’ भनिन्छ। सुखावती भुवनमा यिनै अमिताभ बुद्धको समीपमा बसेर धर्मदेशना सुन्ने अवसर पाइने भएकाले ‘सुखावती भुवन’ मा वास होस् भनेर कामना गरिएको हो। यो मत जापानमा निकै लोकप्रिय छ र सुखावती सम्प्रदाय नै बनेको छ। अन्य लोकमा धर्मदेशना सुन्ने अवसर नहुन सक्छ, तसर्थ सुखावती भुवनमा वास होस् भनी कामना गरिएको हो।
बौद्धमा स्वर्ग र नर्कको अस्तित्व छ। राम्रो काम गरे स्वर्ग र नराम्रो काम गरे नर्क गइने विश्वास गरिन्छ। राम्रा–नराम्रा कामको नतिजा यही जन्ममा भोग्नुपर्छ, अर्को जन्ममा पनि त्यो संस्कार कायमै रहन्छ। तर, स्वर्ग र नर्क ईश्वरीय शक्तिबाट सञ्चालित हुँदैन। कर्म सिद्धान्तअनुसार कर्मभोग गर्न स्वर्ग वा नर्कमा जानुपर्छ। आफ्नो गन्तव्य आफैँले छान्नुपर्छ। त्यस्तै, बौद्ध धर्ममा देवलोकको वर्णन गरिएको छ, तर ती देवलोकको कामना नगर्न स्वयं बुद्धले भनेका थिए। देवलोकमा हुने असंख्य इन्द्र, ब्रह्मा लगायत सबै देवताको स्तर पूर्वजन्ममा सञ्चित पुण्यको मात्राअनुसार निर्धारण गरिएको हुन्छ। पुण्य सञ्चय क्षय भएपछि ती लोकबाट तिनीहरू च्युत हुन्छन् र अन्य गतिमा जन्मन लिन पुग्छन्। देवलोकमा जन्मिएकाहरू आमोदप्रमोदमा जीवन बिताउँछन्, उनीहरूको आयु पनि निकै लामो हुन्छ। यसकारण देवलोकवासीले आफुलाई अमर र विशेष ठानेका हुन्छन्, जुन भ्रम हो।
ब्रह्माले सारा जगत् आफूले सृष्टि गरेको भ्रम पालेको सन्दर्भ त्रिपिटकअन्तर्गत ‘दीघनिकाय’को प्रसिद्ध ‘ब्रह्मजालसूत्र’मा उल्लेख छ। धर्मको कुरा सुन्न र अभ्यास गर्न देवलोकहरू उपयुक्त होइनन् भन्ने सन्दर्भमा यो कुरा उल्लेख गर्नु उपयुक्त हुन्छ। गौतम बुद्ध बोधिसत्वका रूपमा जन्मिएको केही दिनपछि ऋषि असित आई बोधिसत्वको दर्शन गरेका थिए। ती ऋषिले आफ्नो ध्यानबलबाट एक बोधिसत्वको जन्म भएको थाहा पाएर शुद्धोदनको घर पुगे। उनले शिशुको शरीर लक्षण हेरेर असाधारण शिशु र बोधिसत्व हुन् भन्ने पत्ता लगाए। यही जन्ममा शिशुले बुद्धत्व प्राप्त गरी बुद्ध हुन्छन् भन्ने थाहा पाए। तत्पश्चात उनी रोएका थिए। रुनुको कारण हो– बोधिसत्वले बुद्धत्व प्राप्त गर्ने बेलासम्ममा आफ्नो मृत्यु भइ सक्छ। आफू अन्य लोकमा पुगिसक्ने भएकाले बुद्धको वचन सुन्न पाइने गुनासो उनमा थियो। यिनै बोधिसत्व महाभिनिष्क्रमण गरी साधनाका विधि सिक्ने क्रममा आलारकालाम र उद्दकरामपुत्र नामका दुई नामी गुरुकहाँ पुगेका थिए। तर, उनीहरूको शिक्षा अपुरो भएको चाल पाएर अन्यत्रै लागेका थिए। ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि उपदेशका लागि बुद्धले यिनै दुई गुरुलाई सम्झेका थिए, तर उनीहरूको मृत्यु भइसकेको थियो।
त्यस्तै, बुद्धले बुद्धत्व प्राप्तिको सात वर्षपछि तावतिंश देवलोकमा देवपुत्रका रूपमा जन्मिएकी मायादेवी (बुद्ध आमा)लाई धर्म उपदेश दिएका थिए। कतिपय सक्षम देवताहरू बुद्धको उपदेश सुन्न पृथ्वीमा आएर धर्मलाभ गरी फर्कने गरेको वर्णन पनि पाइन्छ। थेरवादी बौद्ध सिद्धान्तअनुसार सत्वको मृत्यु अर्थात् चित्तच्युत भएलगत्तै अर्को स्त्रीको गर्भमा प्रवेश (चित्तप्रतिसन्धी) गर्ने विश्वास गरिन्छ भने महायानी बौद्धहरू चित्तच्युत र चित्त प्रतिसन्धिबीच एउटा अन्तराल रहने मत राख्छन्। दुई भवबीचको यो अन्तराललाई नै ‘अन्तराभव’ भनिन्छ। यसलाई तिब्बती भाषामा ‘बार्दो’ लेखिन्छ। अन्तराभवमा रहेकै अवस्थामा चित्तलाई धर्मको कुरा सुनाउन सकिने र गतिबारे निर्देश गर्न सकिने मान्यता छ। यही मान्यताअनुसार पूजाआजा गर्ने तथा बौद्ध सूत्रहरूको वाचन गरिन्छ। नेपालका तामाङ समुदायमा प्रचलित ‘घेवा’ यही अभ्यासको नमुना हो।
यो मृत्यु संस्कार नेवारलगायत अन्य बौद्ध समुदायमा पनि पाइन्छ, तर यसलाई बुझ्न नसकेर सामान्य कर्मकाण्डका रूपमा लिने र घेवाभन्दा फरक ठानिन्छ, जुन गलत बुझाइ हो। नेवार समाजमा प्रचलित ‘घःसु’ र घेवाबीच कतिपय कुरा मिल्छन्। आजभोलि ‘घःसु’लाई ‘घरशुद्धि’ का रूपमा लिइन्छ, तर यो तार्किक कुरा होइन। घःसुका अवसरमा मृतकलाई ‘तिमी मरिसक्यौ’ भन्ने जनाउ दिने तथा धार्मिक वचन पढिन्छ। घेवाका अवसरमा मृतकको चित्तलाई सम्बोधन गर्दै बुद्धका उपदेश सुनाउने तथा उसको स्थितिबारे अवगत गर्दै ‘तिमीले यस्तो यस्तो देखिरहेका हुन्छौ, त्यतातिर नलाग्नू, बरु यतातिर लाग्नू’ भन्दै लामाबाट सिकाइन्छ।‘म दुःखबाट मुक्त हुन्छु’ भन्नु र ‘आफू मात्र दुःखबाट मुक्त भएर के गर्नु, अरूलाई यसका लागि सहायक हुन्छु’ भन्ने दुई अन्तर नै बौद्ध धर्मको दुई मार्ग हिनयान र महायानबीचको भेद हो। पहिलो प्रकारको मार्गबाट लाभ हुने पद ‘अर्हत्’ हो भने दोस्रो प्रकारको मार्गमा लाग्दा सम्यक् सम्बुद्ध नै हुने हो। यसलाई बौद्ध शब्दावलीमा श्रावकयान र बोधिसत्वयान भनिएको छ। यी दुई मार्ग एकअर्काको विपरीत होइनन्। गौतम बुद्धले दुवै मार्गमा स्वर्ग, नर्क तथा अन्य लोकको कुरा समान रूपमा उल्लेख गरेका थिए।

more info:
https://bit.ly/3goVsRz

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей [email protected]