असुरक्षा बढेको भन्दै बाँकेको राप्तीसोनारीका बासिन्दा त्रसित | Kantipur Samachar

Описание к видео असुरक्षा बढेको भन्दै बाँकेको राप्तीसोनारीका बासिन्दा त्रसित | Kantipur Samachar

बाँकेका राप्ती नदी तटिय ग्रामिणबस्ती राप्तीसोनारी गाउँपालिकाका बासिन्दा हतियारधारी गुण्डाहरुको बिगबिगी बढेपछि असुरक्षित र आतंकित भएका छन् । दिन ढल्दै गएपछि मानिसहरु घर बाहिर निस्कन समेत डराइरहेका छन् । साउन १ गते बिनौना चोकको एउटा रेस्टुरेन्टमा खाजा खादै गरेका दुइजना युवा सन्दीप बिष्ट र शुलभ मल्लको ज्यानै लिने गरि खुडा र खुकुरी प्रहार भएपछि बिनौनाका सर्बसाधारण भोक निन्द्रा हराएको बताउँछन् । उनीहरुले राप्तीसोनारी अपराध र आपराधीको राजधानी बन्न दिन नहुाने भन्दै सुरक्षा सगै खुलेआम घुमिरहेका गुण्डालाई सरकारले नियन्त्रणमा लिई सजायको दायरमा ल्याउनुपर्ने माग गर्दै बिरोध प्रर्दशन गर्दै आएका छन् । संलग्न आरोपी १० जना गुण्डामध्ये प्रहरीले ४ जनालाई तत्कालै र एक जनालाई शनिबार राती पक्राउ गरी हिरासतमा राखेको छ । ५ जना अझै खुलेआम घुमिरहेको स्थानीयले बताएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке