विछोडको वेला सबैकाेमनरुन्छ नै अझै त्यसमाथि ३० वर्षसम्मको अगाध प्रेम गुरु र शिष्यको Farewell ceremony

Описание к видео विछोडको वेला सबैकाेमनरुन्छ नै अझै त्यसमाथि ३० वर्षसम्मको अगाध प्रेम गुरु र शिष्यको Farewell ceremony

रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका वडा नं. ११ रिघामा ३० वर्ष वढि दिर्घ सेवा गरेका शिक्षक शिक्षीकालाई विदाई गरिएको छ। २०४६ सालदेखि माध्यमिक तहका विज्ञान/गणित शिक्षकको रुपमा अध्यापनरत चक्रपाणी खरेल र प्राथमिक तहका शिक्षकको रुपमा अध्यापनरत यमुना खरेल तथा २०७१ साल देखि माध्यमिक तहको शिक्षक देव विश्वकर्मालाइ एक कार्यक्रमका विच विदाई गरिएको हो। गुल्मीको मुसिकोट नगरपालिका ५ आँपचौरमा स्थायी घर भएपनि खरेल दम्पत्तिले रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका वडा नं. ११ रिघामा अध्यापन गर्दै आउनुभएको थियो। जिवनको उत्तरार्धमा खरेल दम्पत्ति आफ्नै गाउँमा रहेको दुर्गाभवन मावि आँपचौरमा सरुवा हुनुभएको हो। उता देव विश्वकर्मा निजामति सेवामा अहिले मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको शिक्षा शाखामा कार्यरत हुनुहुन्छ। खरेल दम्पत्तिले अध्यापन नगराएका सायदै रिघावासि हुनुहुन्छ। सबैका गुरु, गुरुआमा भनेर चिनिने दम्पत्तिको विदाईमा सिँगो रिघा भावविह्वल भएको थियो । आफ्नो जन्मघर छोडि कर्मघर जाँदै गरेकी चेलीको रोदन जस्तै बनेको थियो, रत्नलक्ष्मी माविका प्राङ्गण!
मिति २०७७ कार्तिक ५ गते
विविध जानकारी मुलक भिडियोको लागि Kamal Paudel यूट्यूब च्यानललाई सस्क्राइब्ड गर्न नभुल्नुहोला, साथै प्रत्यक्ष सम्पर्कको लागि 9857628700 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

हामिसंग जोडिने अन्य माध्यम :

मेल - [email protected]
फेशबुक -   / kamal.paudel.9250  
फेशबुक पेज -   / page.anuragikamal  

Комментарии

Информация по комментариям в разработке