ड्रोनबाट रक गार्डनको क्षती भएको क्षेत्र हेर्दा यस्तो देखियो Drone shot SDS Rock Garden flood Dharan

Описание к видео ड्रोनबाट रक गार्डनको क्षती भएको क्षेत्र हेर्दा यस्तो देखियो Drone shot SDS Rock Garden flood Dharan

रक गार्डन डुब्यो रे भनेको सुनेर हेर्न पुगियो आज, बाहिर सुन्दा जति डर थियो त्यस्को २ प्रतिशत मात्र हानी नोक्सानी भएको पाए।आँखाले प्रत्यक्ष हेरे ड्रोनले हेरे अब तपाईं पनि हेर्नु होला।
प्रक्रितीले सानो क्षतीले ठुलो चेतावनी दिएको छ नत्र खर्लप्पै लान सक्थ्यो होला अब थप शतर्क हुँदै जुट्ने र उठ्ने मौका जुरेको छ।
आज १४ गते रक गार्डन पुगियो। भाद्र १३ गते धरानमा नसोचेको बर्षात भयो। खहरे उर्लेर थुप्रै घरहरुमा डुबान भयो धेरै बाईक स्कुटी बगाए , घरहरु थुप्रैको डुबेर थुप्रै ब्यवसायीहरुको नोक्सान पनि भएको सुनियो। धरान उपमहा नगरपालिका अगाडिको खरे पुलबाट पानी ओभरफ्लो भएर सडकमा खोला बनेर बग्ने क्रममा धरानका चतरा लाईनबाट बग्दै ओरालो झर्ने सडकहरु सबैमा पुगेको थियो त्यस्तै लक्ष्मी चोकको खहरेबाट दुई तर्फी वान वे सडकमा पुरानो बजार र नयाँ बजार तर्फ नै झरेको देखियो। धरानमा केही महिना यता पर्यटकको आकर्षणको केन्द्र बिन्दु बनेको श्रम संस्क्रिती पार्कको SDS Rock Garden मा पनि क्षती भएको थियो र आज हेर्न पुगियो। बाहिर सुन्दा रक गार्डन बगायो रे भनेको सुनियो साह्रै दु:ख लागेको थियो सबैको श्रमदान सबैको आर्थिक सहयोगले बनेको गार्डन ला भनेर तर त्यहाँ पुग्दा चाँही बाडी छिर्दा त्यतीको हानी सुनेको जती भयानक लागेन। सबै जनालाई अब थप सचेत हुने मौका जुटेको छ थप एक जुट हुने मौका जुटेको छ।

Комментарии

Информация по комментариям в разработке