TODAY 8 PM NEWS 🔴 सरकार बन्ने धारा कुन ? दियालो बंगला र राजाको साइनो । NEWS 24 TV/2024/07/07

Описание к видео TODAY 8 PM NEWS 🔴 सरकार बन्ने धारा कुन ? दियालो बंगला र राजाको साइनो । NEWS 24 TV/2024/07/07

सरकारले संसदमा विश्वास गुमाइसकेको छ । राजनीतिमा सबै कुरा जायज हुन्छन् भन्ने भाष्य जसरी निर्माण गर्न खोजिदैछ यसैले नेपाललाई अस्थिरता र अन्योलतातर्फ लैजान थालेको छ । राजनीतिमा इमान्दारिता, नैतिकता र लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न आवश्यक छ ।

हुनत, संसदको विश्वास गुमाएपनि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन्छु भन्ने उनको हकको विषय हो । संविधानले नै दिएको अधिकारको प्रयोगमा उनीमाथि प्रश्न गर्न खास उपर्युक्त छैन् । तर, संसदमा विश्वास छैन भन्नेको बहुमत भएपछि स्वभाविक रुपमा उनले तत्काल संसद फेस गर्नुपर्थ्यो । त्यो नै संविधान, लोकतन्त्रको समुन्नत अभ्यास हुन्थ्यो ।

त्यसोत, नेपालको संसदीय इतिहासमा आफू अनुकुल हुँदा सबै ठिक, नहुँदा सबै बेठिक भन्ने प्रचलन व्याप्त छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद विघटन र सरकारको नेतृत्व नछाड्नका लागि चालेका कदमले पनि नेपालमा कानूनभन्दा बलजफ्ति गर्न खोजिन्छ भन्ने प्रष्ट छ । तर, अर्कोले जे नराम्रो ग¥यो र मैले पनि त्यहि गर्न पाउनुपर्छ भन्ने कुरा भने लोकतन्त्रका लागि राम्रो विषय होइन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई उभ्याउने र विश्वासको मत लिने आँट जसरी गरिरहेका छन्, त्यसमा सत्ता लोभ देखिएपनि उनलाई संवैधानिक अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेगरि बाध्य पारिनु हुन्न । तर, उनले काम चलाउ जस्तो अवस्थामा पुगिसकेको कुरालाई केन्द्रमा राख्दै दिर्घकालीन असर पार्ने निर्णय भने नगरुन् ।

यस्तो कदम चाल्दा संविधानवाद् र लोकतन्त्रले जित्न सक्दैन । लोकतन्त्र हारे कसैको पनि भलो त हुन्न । संसदीय व्यवस्थामा सरकार बन्ने र ढल्ने सामान्य प्रक्रिया मात्रै हो । सत्ता साध्य भएपनि साधन होइन भन्ने बुझाइका साथ अघि बढ्नु मुलुकका लागि श्रेयकर हुनेछ । देशले जित्न लोकतन्त्रले जित्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डले आफूलाई त्यसतर्फ नै ढालुन् । ०००

अब न्यूज एटका हेडलाइन्स्,
१. शुक्रबारदेखिको अविरल वर्षाले देशैभरको जनजीवन प्रभावित, २५ वटा राजमार्ग अवरुद्ध, कोशी र नारायणीको बहाव खतराको तहभन्दा माथि, सेती नदी किनाराका बस्ती रातभर जाग्राम ।

२. नयाँ प्रधानमन्त्री चयन संविधानको धारा ७६ दुई कि तीन अनुसार भन्नेमा दलका नेताहरुमा अन्योल, एमालेलाई ७३ को ३ आकर्षित हुने डर ।

३. वर्षा लागेसँगै झाडापखाला, हैजा डेंगी, टाइफाइड जस्ता रोगको जोखिम उच्च, दूषित पानी र खानपिनमा ध्यान दिन चिकित्सकको सुझाव ।

४. सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन लुम्बिनी प्रदेशमा पहिलो पटक लागू, वनमा काठ कुहिएर खेर जाने तर विदेशबाट काठ आयात गर्नुपर्ने अवस्था हट्ने विश्वास ।


५.र, चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुल्ला, दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त ।



SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке