गायक प्रकाश पराजुलीलाई पारियो घेरामा

Описание к видео गायक प्रकाश पराजुलीलाई पारियो घेरामा

अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले दिए दर्शकहरुलाई भरपुर मनोरञ्जन
भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सम्पन्न दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन महिला राष्ट्रिय कलाकारद्वय अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले प्रस्तुत गरेका साँगीतिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको पहिलो दिन कुपन नं. ६५८ का विमला डि.सि. प्रथम, कुपन नं. ८२३ का देवी पौडेल दोश्रो र कुपन नं. १०१२ का जयन्ती पुन मगर तेश्रो हुन सफल भएका छन् । मेलामा उपहार प्रदान गर्ने दाताहरुमा अमरापुरी कोशेली घर, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, नमूना हस्तकला, मान्द्रो नेपाल, प्रकति कपास उद्योग, सन्ध्या पोते हाउस, बि.एम.हस्तकला प्रशिक्षण उद्योग, महाकाली फुड्स प्रोडक्स एण्ड एग्रो प्रा.लि.रहेका छन् ।

Комментарии

Информация по комментариям в разработке