नेपालको प्राचीन इतिहास,एक छद्म इतिहास- Pseudo Nepali ancient history- K.B.Gurung (Read description)

Описание к видео नेपालको प्राचीन इतिहास,एक छद्म इतिहास- Pseudo Nepali ancient history- K.B.Gurung (Read description)

यस भिडियो प्रस्तुत गरेको मेरो मत तथ्यमा आधारित छ भन्नेबारेमा म confident छु । यसर्थ गोपालवंश, आभीरवंश र किराँतवंशलाई इतिहास साबितगर्नेलाई पुरस्कारको व्यवस्था गरेकोछु । शर्तहरु यस विवरणको अन्त्यमा उल्लेख गरेको छु ।
इतिहास एक किसीमको वैज्ञानिक विद्या हो, जुन प्रमाणहरुमा आधारित हुन्छ । पुरावशेष, भग्नावशेष, ढुंगा र धातुका औजारहरु, माटो र धातुका भाँडाकुंडा, शिलालेख अथवा स्टोन ट्याब्लेट्स, सिक्का तथा समकालिन साहित्यहरु इतिहास लेखनका स्रोतहरु हुन् । कार्बनिक पुरावशेषहरुको काल निर्धारण कार्बन 14 परीक्षण गरिन्छ । इतिहासले धार्मिक भावना हेर्दैन, प्रमाण माग्छ । यदि धार्मिक रचनाभित्रको विषय समकालिन पुरातात्विक प्रमाणहरुसंग मेल खान्छ भने इतिहासले त्यसमाथि अवश्य विचार गर्छ ।
इतिहासलाई क्रमिकरुपले तीन भागमा विभाजित गरिन्छ- 1. प्रागइतिहास (Prehistory), 2.आग्ध इतिहास (Protohistory) र 3. इतिहास (History) ।
1.प्रागइतिहास (Prehistory)- यो प्रस्तर युग यानि ढुंगाका हातियार र औजारहरुको प्रयोगको युगको इतिहास हो । लगभग ''5,00,000 ई.पू.देखि 4,000 ई.पू.'' सम्म अवधिलाई ''प्रागऐतिहासक काल'' मानिन्छ । प्रागइतिहास काललाई तीन भागमा विभाजन गरेर अध्ययन गरिन्छ-- (क) पुरापाषाण काल(Paleolithic Age) , (ख) मध्यपाषाण काल (Middle Paleolithic Age/ Mesolithic Age) र (ग) नवपाषाण काल (Neolithic Age) । भारतका अनेकौं स्थानहरुमा प्रागऐतिासिक कालसंग सम्बन्धित पुरावशेषहरु पाएको छ । बुटवलमा भेटिएको रामापिथेकसको अवशेष नेपालको प्रागऐतिासिक कालको एकमात्र प्रमाण हो ।
2.आग्ध इतिहास (Protohistory) आग्ध इतिहासको तात्पर्य ''प्रागइतिहास र इतिहासको बीचको इतिहास'' हो । आग्ध इतिहास प्रमाणसहितको राजवंशहरुको इतिहास होइन । आग्ध इतिहास एक सिंगो जातिविशेषको अथवा एक सिंगो समाजविशेषको सभ्यताको विकासको इतिहास हो । आग्ध इतिहासको सभ्यतामा प्रायःजसो लिपीको विकास पाइन्न, अथवा पाए तापनि इतिहासविद्हरु त्यसलाई पढ्न असमर्थ हुन्छन् । आग्ध इतिहासलाई मुख्यरुपले तीन भागमा विभाजन गरेर अध्ययन गरिन्छ- (क) ताम्रकाल पाषाण काल (Chalcolithic Age/Copper Age), (ख) काँस्यकाल (Bronze Age) र (ग) लौहकाल (Iron Age)। भारतको ताम्रकाल पाषाण काल लगभग 4000 ई.पू.वरिपरि, 2. काँस्यकाल लगभग 2500 ई.पू.वरिपरि र 3. लौहकाल लगभग 1500 ई.पू.वरिपरि मानिन्छ । ''4000 ई.पू. वरिपरि विकसित भएर लगभग 2000 ई.पू.'' सम्म कायम रहेको ''सिन्धु धाटीको सभ्यता'' र ''2500 ई.पू.मा आरम्भ भएर 1000 ई.पू.''मा समाप्त भएको ''ऋग्वैदिक सभ्यता'' तथा 2. ''1000 ई.पू.मा आरम्भ भएर 650 ई.पू.''मा समाप्त भएको ''उत्तरवैदिक सभ्यता'' भारतको आग्धऐतिहासिक सभ्यता हो ।
नेपालको ताम्र पाषाण काल, काँस्यकाल र लौहकालबारे इतिहासका पुस्तकहरुमा कुनै जानकारी छैन ।
3 इतिहास (History)- राज्य पद्धतिको समुचित विकास भएको अवस्थाले ऐतिहासक कालको आरम्भ गर्छ । ऐतिहासिक कालको तात्पर्य ''पुरातात्विक प्रमाण र तिथि-मिति-ईश्वीसहित राजवंशहरुको इतिहास'' हो । देश, काल र परिस्थिति अनुसार हरेक देशको आफ्नो ''ऐतिहासक काल'' (Historical Period) हुन्छ । भारतको इतिहासको आरम्भ 650 ई.पू. र नेपालको इतिहासको आरम्भ 5 औं शताब्दीदेखि भएको छ ।
गोपालवंश, आभीरवंश र किराँतवंश प्रागइतिहास, आग्धइतिहास र इतिहासमध्ये कुनै पनि प्रमाणित छैन । 14औं शताब्दीको गोपालराज वंशावलीको आधारमा लेखिएको त्यो कथित नेपालको प्राचीन इतिहास वंशावलीको रचनाकारको कल्पनाको उपज (काल्पनिक कथा) हो । इतिहास लेखनको मापदण्डभित्र नपर्ने त्यस्तो इतिहासलाई नै 'छद्म इतिहास' (Pseudohistory) अर्थात् 'झूट्ठो इतिहास' (Fake History) भनिन्छ ।
नेपाली इतिहासकारहरुले गोपालवंश, आभीरवंश र किराँतवंशको ऐतिहासिक प्रमाण छैनन् नभनेको होइन । इतिहासकार प्राध्यापक डा. बम बहादुर अधिकारीले आफ्नो पुस्तक ''नेपालको बृहद इतिहासको झलक''को पृष्ठ 69को 3.5बुंदाको तेस्रो लाइनमा गोपाल, महीषपाल र किंरात इतिहास भरपर्दो छैन (अर्थात् इतिहासको मापदण्ड अनुकूल छैन) भनेको छ । यसका बाऊजूद कसैले स्वयंलाई इतिहासको ज्ञाता मान्दै गोपाल, महीषपाल (आभीर) र किंरात साँच्चै इतिहास हो भन्छ भने धेरै होइन मात्र 4 प्रश्नहरु सही सही उत्तर दिन म चुनौति प्रस्तुत गर्छु । प्रश्नहरु निम्न हुन्-
1. यदि गोपाल, महीषपाल र किंरात राज्य पद्धतिलाई विकसित गरेका राजवंशहरु हुन् भने उनीहरुसंग सम्बन्धित भग्नावशेष कहाँ छ र पुरावशेषहरु कुन संग्रहालयमा राखिएको छ ?
2. यदि गोपाल, महीषपाल र किंरात राज्य पद्धतिलाई विकसित गरेका राजवंशहरु हुन् भने उनीहरु अवश्य पनि लिपीको प्रयोग गर्दथे । गोपाल, महीषपाल र किंरातले लेखेर छोडेका शिलालेखहरु कहाँ छ ?
3. यदि गोपाल, महीषपाल र किंरात राज्य पद्धतिलाई विकसित गरेका राजवंशहरु हुन् भने उनीहरुले अवश्य पनि मुद्राको प्रचलन चलाएको हुनुपर्छ । गोपाल, महीषपाल र किंरात राजाहरुका मुद्रा कुन संग्रहालयमा राखिएको छ ?
4. ब्राह्मी लिपीको विकास 500 ई.पू. वरिपरि गरेकोथियो । त्यसपछि मात्र 500ई.पू. (हर्यक वंश) देखि 500 ईश्वी (गुप्त वंश)को बीचको अवधिभित्र रामायण, महाभारत, पुराण, बौद्ध ग्रन्थ र जैन ग्रन्थ रचिएकाथिए । ती रचनाहरुमा समकालिन ऐतिहासिक राजाहरु (मगधका 1.हर्यक वंश, 2.शिशुनाग वंश, 3.नंद वंश, 4.मौर्य वंश, 5.शुंग वंश , कण्व वंश र गुप्त वंश तथा पश्चिम भारतका यवन, शक, कुषाण र हुण राजाहरु)को उल्लेख छ । यदि नेपाल अथवा भारतमा कहीं कतै गोपाल, महीषपाल र किंरातको समकालिन (contemporary) मानिएको यस्ता साहित्यहरु छन्, जसमा गोपाल, महीषपाल र किंरात राजाहरुको उल्लेख छ भने त्यो साहित्य रचना कुन हो ? उक्त चार प्रश्नहरुको यथार्थ जानकारी दिने विद्वानलाई म घोषित पुरस्कार दिनेछु । वाद विवादकोलागि म स्वागत गर्दछु ।

Комментарии

Информация по комментариям в разработке