बायोचार बनाउने तरिका/Biochar / Black Gold of Agriculture/ Method of Biochar making/Nepal agriculture

Описание к видео बायोचार बनाउने तरिका/Biochar / Black Gold of Agriculture/ Method of Biochar making/Nepal agriculture

परिचयः
बायोचार एक किसिमको अंगार हो।जसमा अधिक मात्रामा कार्बन पाइन्छ। यसको प्रयोगले माटोको भौतिक,जैबिक,रासायनिक तथा प्रयावरणिय सुधार गर्दछ। बायोचार मल भने हैन यो एउटा माटोको प्रेरक हो।बायोचारले माटोमा भएको चिस्यान तथा पोषक तत्व सोसेर राख्दछ र आबस्यकता अनुसार बिरूवालाइ प्रदान गर्दछ । बायोचार अत्याधिक तापक्रम (४००-८०० डिग्री सेल्सियस)मा जलाएर तयार गरिन्छ।

बायोचार बनाउने तरिकाः
१) बायोचार बनाउदा सर्वप्रथम करिव २ मिटर गोलाइ र १ मिटर गहिरो खाडल तयार गर्नुपर्दछ । खाडल सोली वा कोण आकारको हुनु पर्दछ ।
२) त्यसपछि स्थानिय स्तरमा पाइने विभिन्न किसिमका काठ कसिंगर,नलहरू,अन्य खेर गइरहेका कसिंगरहरू जम्मा गर्ने ।त्यस्ता किसिमका कसिंगरहरू राम्रो संग सुकेका हुनुपर्दछ ।
३) जम्मा गरेका काठ कसिंगरहरु लाइ साना साना टुक्राहरू बनाउने।
४) त्यसपछि टुक्राहरू खाडलमा क्रमश ३-४ तह मिलाएर राख्ने।र मुनि बाट आगो बालिदिनु पर्दछ ।
५) आगो बालिसके पछि आगो बल्दै जान्छ हामिले टुक्राहरू थप्दै जाने ।जब खरानि देखिन्छ खरानि देखियको ठाँउमा टुक्राहरू थप्दै जाने। यहि प्रकृया अनुसार आफुलाइ आबश्यकता अनुसार टुक्राहरू थप्दै जाने र लठ्ठिको सहायताले चलाउदै जाने।
६) जब पुरै टुक्राहरू बलेर खरानि देखिन थाल्दछ त्यसपछि हजारिको सहायताले माथिबाट पानी छर्कने र पुरै आगो निभाउने ।
७) यसरी तयार भएको बायोचारलाइ गाइ भैसिको मुत्रमा भिजाउने यसरी भिजाउदा बायोचारले पिसाबलाइ सोसेर राख्दछ जसमा नाइट्रोजनको मात्रा धेरै पाइन्छ।
८) यसरि तयार भयको बायोचारलाइ मसिनो गरि पिधेर १ भाग बायोचार बराबर ४-८ भाग मल मिसायर माटोमा प्रयोग गर्न सकिन्छ।

बहुपक्षिय उपयेगिताका कारण बायोचारलाइ कृषीके काले सुन भनेर पनि चिनिन्छ ।
यदि Channel लाइ Subscribe गर्नु भएको छैन भने Subscribe गरि जोडिनुहोला ।
For More videos:
https://www.youtube.com/@nepalagricul...
धन्यबाद।
Video by: Binod oli
Special thanks:
Nimraj basnet
Khumraj bhandari

Комментарии

Информация по комментариям в разработке