CBSE Napali Aalankar अलंकार CLASS XII

Описание к видео CBSE Napali Aalankar अलंकार CLASS XII

CBSE Napali अलंकार अनुप्रास श्लेष उपमा अतिशयोक्ति
CLASS XII
अलंकार
पाठ्यक्रम – श्लेष, उपमा र अतिशयोक्ति ।


साधारण अर्थ
अलंकारको सामान्य अर्थ हो घहना वा आभूषण । जसरी चुरा, कुण्डल, आदि गहना लगाउनाले नारीलाई सुन्दरी देखिन्छ त्यसरी नै अनुप्रास, श्लेष, उपमा आदि अलंकारहरूको प्रयोग गर्नाले भाषा सुन्दर, मीठो र ओजनदार हुन्छ ।

अहंकारको महत्व वा काम – अलंकारले
क) भाषा वा कवितालाई सुन्दर, मीठो र गहकिलो बनाउँछ ।
ख) भाषा वा कविताको अर्थमा रमाइलोपना वा रमणीयता ल्याउँछ।
ग) कसैको भनाइमा विचित्रपना वा नौलौ चाल (वैचित्र्य) पाइन्छ ।


अलंकारका प्रकार (भेद)-
शब्दाअंकार – शब्दको आधारमा हुने अलंकार ।
अर्थालंकार – अर्थको आधारमा हुने अलंकार ।
उभयालंकार – शब्द र अर्थ दुवैको आधारमा हुने अलंकार ।

शब्दालंकार – शब्दको आधारमा हुने अलंकार । जहाँ कनै काव्य (कविता ) वा कसैका शब्दहरू सुन्दैमा मीठो, रमाइलो र नौलो किसिमको लाग्छ त्यहाँ शब्दाअंकार हुन्छ ।
1) जीवन अर्पी बन्धनभित्र बोल्नैपर्ने बोलि वित्चित्र । - लेखनाथ पौड्याल

2) पल्टन्छ जस्को बलियो शत्रु, को अघि सर्दछ ।
पल्टन् छ जस्को बलियो, शत्रु, को अघि सर्दछ ।।


अर्थालंकार – अर्थको आधारमा हुने अलंकार । जहाँ कनै काव्य (कविता ) वा कसैको भनाईको अर्थ सुन्दैमा मीठो, रमाइलो र नौलो किसिमको लाग्छ त्यहाँ शब्दाअंकार हुन्छ ।
मुख चन्द्रमा जस्तै राम्रो छ ।
पृथ्वीको दिव्य सौन्दर्य नअटाएर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ।।

शब्दालंकारका भेद – चार भेद छन् ।
1) अनुप्रास 2) यमक 3) शलेष 4) वक्रोक्ति ।


श्लेष – एउटै शब्दमा दुइ वा दुइ भन्दा बढ्ता अर्थ लुकेको भए श्लेष अलंकार हुन्छ ।
उदा – अब चिन्ता मात्र गर्ने कि डाक्टर पनि देखाउने ।
चिनता – धामी
चिन्ता- सुर्ता वा पिर ।

कर बाँदी करसँग कर तिर्न हिडें ।
कर- हात । कर-मन नपरी- नपरी । कर- तिरो ।


पल्टन्छ जस्को बलियो शत्रु, को अघि सर्दछ ।
पल्टन् छ जस्को बलियो, शत्रु, को अघि सर्दछ ।।
पल्टन्छ – जोसले अगि बढ्नु । उर्लेर आउनु ।
पल्टन् छ – फौज हुनु ।

4) उपमा – यो अर्थालंकार हो । कुनै प्रसिद्ध चिजको अर्को अप्रसिद्ध चिजको गुण वा क्रिया आदिसँग तुलना गरे उपमा अलंकार हुन्छ ।

कुनै चिजको अर्को चिजसँग तुलना गरेर नाम दिनु ।

5) यसका चार अंग हुन्छन् –
क) उपमेय - जुन चिजको ( वस्तुको ) तुलना गरिएको छ । (अप्रसिद्ध)
ख) उपमान - जोसंग तुलना गरिएको छ । (प्रसिद्ध)
ग) साधारण धर्म – जुन गुण वा क्रिया आदिलाई लक्ष्य गरेर तुलना गरिन्छ ।
घ) उपवाचक शब्द – उपमेय र उपमानमा समान्ता छ भनेर बुझाउने शब्द । झैं , जस्तै, समान, बराबर, तुल्य आदि ।

उदा - मुख चन्द्रमा जस्तै राम्रो छ ।
ङ) यहाँ चन्द्रमा (प्रसिद्ध) जस्तै(साधारण धर्म) राम्रो (गुण) भएको मुख (अप्रसिद्ध) छ भनेर मुखको चन्द्रमासँग तुलना गरिएको छ ।

उपमेय - मुख । (अप्रसिद्ध)
उपमान - चन्द्रमा । (प्रसिद्ध)
साधारण धर्म – राम्रो । (गुण)
उपवाचक शब्द – जस्तै । (–उपमेय र उपमानमा समान्ता बुझाउने शब्द)
पर्णोपमा - सबै अंग देखिन्छन् । उदाहरण -मुख चन्द्रमा जस्तै राम्रो छ ।।
लुप्तोपमा - कुनै एउटा अंग लुकेको हुन्छ । उदाहरण - मुख चन्द्रमा जस्तै छ । (राम्रो शब्द लुकेको छ )

6) अतिशयोक्ति अलंकार-
यस अलंकारमा जसको कुरा गरिन्छ (उपमेय) त्यसको उल्लेख नगरी त्यसका बदलामा (उपमान) प्रयोग भएको वस्तुको मात्र उल्लेख गरिन्छ ।
अर्थात उपमेयलाई लुकाएर उपमानद्वारा नै उपमेयको बोध गराइन्छ ।

उदा – चन्द्रमालाई चन्द्रमा हेर्छिन कौसी र आकाश ।
स्वर्गको अटाली हाँस्दछिन यौटी यौटी छन् उदास ।।
यहाँ चन्द्रमा (उपमेय) – जसको कुरा हुँदैछ, (मुना ) खास नाम लुकाइएको छ ।
चन्द्रमा (उपमान- जून) जोसँग समानता देखाइएको छ ।

Комментарии

Информация по комментариям в разработке