Bachchu Kailash - Tyo Aankhale Launa Malai Maryo

Описание к видео Bachchu Kailash - Tyo Aankhale Launa Malai Maryo

रचनाः बच्चु कैलाश
संगीतः बच्चु कैलाश
स्वरः बच्चु कैलाश

त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाइ लौन मलाई मार्यो

एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ...२
आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोलाउनेले मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाइ लौन मलाई मार्यो

रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन...२
परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन
आँखा आँखा जुझि दिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछ यो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो
त्यो आँखाले लौन मलाई
लौन मलाइ लौन मलाई मार्यो

Комментарии

Информация по комментариям в разработке