अघोर : मृत्यु स्विकारको मौन उद्घोष

Описание к видео अघोर : मृत्यु स्विकारको मौन उद्घोष

GUEST: Aghori Sarkarnath
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
'Dress : Bipu collection
(Mobile–9843175755)

भिडियो भित्र :
तपाईंलाई सबैभन्दा डर के को लाग्छ ? मृत्युको होइन ?
मृत्युदेखि नडराउने मानिस को होला र ? सबै डराउँछन् । जव मानिसले पाकेको कुरा खान थाल्यो र म अन्य भन्दा फरक छु भन्ने थाहा पायो तब देखि नै आजसम्म ठूला ठूला विल्डिङ, जहाज, रकेट, बम जे जति जति आविस्कार ग¥यो नि मान्छेले सबै मृत्युलाई पर धकेल्ने उपाय स्वरुप तयार गरेका कुरा हुन् । किनकि मान्छे मृत्य देखि डारउँछ ।
अनि उ जति सभ्य भयौं भन्दै गयो त्यति नै मान्छेले आफु बस्ने समाजमा यसो गर्न हुने, यसो गर्न नहुने, यस्तो गर्दा धर्म हुने र यस्तो गर्दा पाप लाग्ने मान्यताहरु, आचार संहिताहरु बनाउँदै लग्यो । अनि जति जति समय बढी विताउँदै आयो त्यतिनै समाजमा रहँदा यस्तो गर्नु कानुनी, उस्तो गर्नु गैर कानुनी हो भन्ने पाइला पाइलाका दायरा तय भए । र आजको मान्छे हुँन अनेकौं नियम र अनुसासन छन् ।
तर नि त्यस्ता कानुन र सामाजिक दायरा भन्दा बाहिर पनि मानिसहरुकै एउटा समुदाय छ नि ।
जसलाई अघोरी भनिन्छ । अघोर एक पद हो । जो मृत्युमा जीवन र जीवनमा मृत्यु देख्ने सामथ्र्य राख्छ । मानव समाजमा देखाउन हुने र देखाउन नहुने या अश्लील मानिने अंगहरु छन् । तर अघोरहरुलाई सबै अंग बराबर हुन् । उनीहरुलाई लुगा लगउनु र नाङ्गै हिंड्नुमा केही फरक पर्दैन ।
अघोरलाई अन्य जनावरको मासु खानु र मानिसको मासु खानुमा, अन्न खानु र अन्न खाएर त्याग गरिएको कुरा खानुमा केही भिन्नता देख्दैनन् ।
सबै मानिसहरु मृत्युदेखि डराउँछन् र मसानघाटलाई बस्न नसकिने ठाउँको रुपमा लिन्छन् । तर अघोरीहरुको सुरुवात अथवा बासस्थान नै मसानघाट हो । या सधैं मृत्युसँगको भयमा बाँच्ने मान्छेहरुमा जीवनलाई मृत्युको आयामबाट हेर्ने अभ्यास हो अघोर । जसले आम मानिसका सामाजिक मान्यता र नैतिकतालाई चुनौती दिन्छ ।
धेरै धन, पद र नाम लेखाउन कुदिरहँदा आम मान्छेहरुको भिडमा अघोरीहरु भने मान्छेलाई कामै नलाग्ने खप्परलाई भाँडो बनाएर मात्र एकसरो कालो कपडामा परमआनन्दमा हुन्छन् । किनभने उनिहरु जीवनमा मृत्यु र मृत्युमा जीवन खोज्न जान्दछन् । किनकि भय, विरक्ति, आक्रोष, खुसी खुस सबै सम्वेगलाई सम गरेको केहीमा पनि भेद नदेख्ने अद्धेत अवस्था हो अधोर ।
यस्ता अघोरीहरुलाई बुझ्ने हाम्रो समाजमा दुईथरी धारणा छ । एक अध्यात्मिक धार । जसले अघोरलाई संहारका देवता शिव अर्थात् पराभौतिक या निराकार शक्तिसँग जोडेर हेर्छन् । अर्को भौतिकवादी घार छ । जो सामान भेला गर्नुलाई जीत र अनेक ब्राण्डका लुगाले लपेटिनुलाई चै लाज छोपिएको र दिग्गम्बर रहनुलाई चै अश्लिल हुनु हो भन्ठान्छ । अनि त्याग पछि पाउने शान्ति या अघोर हुनु लाई चै निरिह हुनु भन्ठान्छ । र उसले अघोरलाई हार मान्छ । किनकि उ मृत्यु स्विकानै सक्दैन ।
तर किन ? किन मान्छे मृत्युको मुखमा पुगेर पनि मृत्यु स्विकार्न सक्दैन ? आखिर अघोरीहरुमा कसरी मृत्युलाई आत्मासाथ गर्ने सामर्थय तयार भयो ? अघोरीहरु जीवन र मृत्युलाई कसरी देख्छन् ? उनको सपना हुन्छ कि हुन्न होला ? हुन्छ भने के हुन्छ ? आज यिनै प्रश्नहरुमा रहेर हामी एक अघोरीको आँखाबाट जीवन हेर्नेछौं ।
अघोर जीवनमा सम्यक् संवाद गर्न आज हामीसँग हुनुहुन्छ पशुपति आर्यघाटमा बस्ने एक अघोरी शंखरनाथ । जो वषौं देखि यहिँ आर्यघाटमा हुनुहुन्छ । खासमा यो संवादमा हामीले मृत्युबाट जीवनलाई हेरेका छौं । जसले हजुरहरुलाई जीवनलाई बुझ्ने नायाँ दृष्टि दिनेछ ।




Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Комментарии

Информация по комментариям в разработке