मैले बचन सबै सत्य छैन भन्नुको ख़ास सन्दर्भ के हो ?

Описание к видео मैले बचन सबै सत्य छैन भन्नुको ख़ास सन्दर्भ के हो ?

जयमसिह , म पास्टर जोसेफ राई !
पछिल्लो समय सामाजिक संजालमा भाइरल भएको एउटा भिडीयो क्लिप बाट पर्न गएको असरप्रति म क्षमा चाहन्छु !
मैले भन्न चाहेको त्यस्तो थिएन, र त्यसरी भन्नु हुने थिएन !
यदि कसैले परमेश्वरको बचन पूरा सत्य छैन भन्छ भने त्यो सरासर गलत छ ! परमेश्वरको बचन सत्य छ, जीवित छ, क्रियाशील छ ! परमेश्वरले उहाँ बचन आफ्नो नाम भन्दा माथी राख्नुभएको छ !
बाइबल परमेश्वर पवित्र आत्माको प्रेरणाद्वारा लेखियो र बाइबल परमेश्वरको बचन हो ! तर त्यस भिडीयोमा मैले बताउन खोजेको कुरा चै बाइबलमा सबै बचन परमेश्वरको बचन मात्रै पनि छैन, यहाँ शैतानले भनेको बचन पनि छ, विभिन्न समय र पृष्ठभूमीमा विभिन्न मानिसहरुले बोलेको भनेको कुरा पनि छ ! त्यसैले बाइबलमा लेखिएको छ भन्दैमा त्यो परमेश्वरको बचन वा परमेश्वरको इक्षा होईन भन्ने सन्दर्भमा त्यो वाक्य बोलिएको हो ! मैले भन्ने तरीका बिगारेकोले अर्कै सुनिएको हो !
परमेश्वरले हामीलाई लामो आयु दिनुहुन्छ भन्ने सन्दर्भमा बोलिएको बचनमा त्यो क्लिप ग़ल्ती भएको हो भनि म यसबाट मलाई माया र प्रार्थना गरिदिनुहुने सबैप्रति स्पष्ट पार्न चाहन्छु !

Комментарии

Информация по комментариям в разработке