Khaijadi Bhajan Video | 2061 | Nuwakot Devighat | खैजेडी भजन | नेपाली लोक खैंजडी भजन

Описание к видео Khaijadi Bhajan Video | 2061 | Nuwakot Devighat | खैजेडी भजन | नेपाली लोक खैंजडी भजन

वैदिक सनातन धर्म सेवा समिति नुवाकोटका अध्यक्ष पण्डित स्वर्गिय ज्ञानेन्द्र प्रसाद रिमाल र जिल्ला कार्यसमिति नुवाकोटका सदस्य लाेक बहादुर पुडासैनी को पहलमा २०६१ साल माघ १ गते नुवाकोटको देवीघाट जालपा देवी मन्दिर परिसरमा लोप हुँदै गएको खैजेडी भजन र रामायण को सुन्दर काण्ड अन्तरगत रावणले हरेर लगेको सीतालाई जंगलबाट खोजेर ल्याउने हनुमान नाचको छायांकन गरिएको थियो ।
यसका छायाँकार अंसु भिडियो सर्भिस का प्रोपाइटर तथा युनिक कम्प्युटर हाउसका विक्रेता विनोद साह हुन । यो भिडियो भन्दा पहिला पनि यसरी नै छायांकन गरिएको भिडियो cd मा थियो । यसको छायांकन चाई महालक्ष्मी सारदा प्रेसका प्रोपाइटर विश्वामित्र खनाल ले गरेका थिए । उहाँ अमेरीकामा हुनुहुन्छ । यदि कसैसँग भए यही प्रकृतिको भिडियो हामीमाझ प्रेसित गरिदिनु होला ।
यहाँ देखिएका पात्रहरू लुमडी प्रसाद अधिकारी, कृष्ण प्रसाद घिमिरे देवीघाट, मैरिटार निमावि का हेडसर का बुवा ।
यस खैजेडी भजनका गुरु भत्केचौर गोविन्द रिमालको दुःखद निधन भइसकेको छ । उहाँहरू प्रति शब्द श्रदाञ्जलि अर्पण गर्दै सुयोग्य पिताका सुयोग्य पुत्र बनी हाम्रो धर्म संस्कृतिलाई अगाडी बढाउन पण्डित Uttam Rimal भाइलाई पनि प्रेरित गर्दछु । आजभोलि खैजेडी भजनको सुरुवात देवीघाट र सिर्खालिमा साँझपख भइरहेको संदर्भ मा हामीले त्यति खेरनै यसको सुरुवात गरेको कुरा सामाजिक सञ्जाल मार्फत अवज्ञत गराउँदछु ।

साभार फाइल रेकर्ड भिडियो तथा सम्पूर्ण बन्दोबस्ती :
लोक बहादुर पुडासैनी

खर्च व्यवस्थापन स्वर्गीय पण्डित ज्ञानेन्द्र प्रसाद रिमाल विदुर ३ सिर्खली

#khaijadibhajan

Комментарии

Информация по комментариям в разработке