Nepali 'God angel' on controversy !

Описание к видео Nepali 'God angel' on controversy !

नेपाली गड एन्जलको रुपमा 'लाखौ'अनुयायी बनाएका चर्चित नेपालीमेड धर्मगुरु ओमनन्द केहि समययता आफ्नो समुदायबीच निकै विवादमा तानिएकाछन् । राईभित्र साँस्कृतिक बिचलन ल्याउने, ईसाइकरण बढाउने जस्ता आरोप खेप्दै आईरहेका उनीमाथि आफ्नै अनुयायीको हत्या गरेका तथा चेलीबेटीलाई यौन शिकार बनाएको जस्ता संगीन आरोप लगाईएकाछन् ।

भद्रगोल किरातीका नाममा चिनिने संचारकर्मी मनोज राईले उनीमाथि संगीन आरोप लगाई दुई दुई वटा पुस्तक प्रकाशित गरेपछि यो विवाद चुलिएको हो । यसै क्रममा पछिल्लो समय सम्पत्ति बेचि क्यानाडा स्थायी बसोबास गर्न गैरहेकाछन् भनि ओमनन्दको टाउकोमाथि थप आरोप थपिएकोछ । आरोपकर्ता मनोज राईलाई प्रहरीले केहि समय हिरासतमा राखि अनुसन्धान गरिसकेको परिप्रेक्ष्यमा नेपाली मिडियामा आरोपी ओमनन्दको जवाफ आएको देखिदैंन । बरु केहि संचारमाध्यममा उनी बिरुद्ध एकतर्फी समाचार प्रकाशित भएको देखिन्छ ।

मीडियामा नआएको यहि कमी पुरा गर्न अर्थात आरोपीको पक्ष बुझ्न वाचडग नेपालले ओमनन्दमाथि लेखिएको पहिलो पुस्तक प्रकाशित भएदेखि नै उनलाई पछ्याईरहेकोथियो । अन्तवार्ता दिन आनाकानी गर्दे आईरहेका ओमनन्द हङकङ आएको बखत भने त्यसका निम्ति राजी भए ।

यहि अन्तरालमा आफ्ना धर्म गुरुमाथि लागेको आरोपमाथि जवाफ फर्काउँदै उनको संस्थाले आरोपको खण्डन सहित निकालेको पुस्तक र यसअघि मनोज राईले निकालेका दुईवटा पुस्तकमा आधारित रहिवाचडग नेपालले ओमनन्दसंग केहि सवालजवाफ गरेकोथियो ।

यो भिडीयो त्यसैको सम्पादित रुप हो

Комментарии

Информация по комментариям в разработке