Balbalika Sanga Mayor||Episode 73 || Nilkantha Nagarpalika || With Mayor Bhim Prasad Dhungana

Описание к видео Balbalika Sanga Mayor||Episode 73 || Nilkantha Nagarpalika || With Mayor Bhim Prasad Dhungana

एक बालिकाले आफ्नो साथिको मजबुरीको समाधान गर्न अनुरोध गर्दै मेयरलाई प्रश्न गरिन्, ‘मेयर ज्यू, मेरो साथि कोठा भाडा लिएर बस्छ, उसको बुवा हुनुहुन्न, आमा पनि सानैमा बित्नुभयो । कोठा भाडा तिर्न र बिद्यलायको शुल्कको जोहो गर्न ऊ पत्रिका बेच्ने काम गर्छ । पत्रिका बेचेर फर्किदा जहिले पनि कक्षामा १ घण्टा ढिलो आईपुग्छ । उसको समस्याको समाधान के हुनसक्छ मेयरज्यू ? आफ्नो साथिको पिडामा पग्लीएकी बालिकाको प्रश्नले हृदय छोएको भन्दै धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले भने, ‘तिं बालिकालाई तुरुन्तै अतिरिक्त सुविधा दिन विद्यालय प्रशासनलाई निर्देशन दिन्छु ।’
अर्को बालकले प्रश्न गरे, ‘मेयर ज्यू, हाम्रो बिद्यलायलाई नमुना बिद्यालय घोषणा गरिएको छ । तर बिद्यालयमा खेल मैदान नै छैन । अनि हाम्रो बिद्यालय कसरी नमुना भयो ?
यि र यस्तै प्रश्नमा मेयर ढुंगानाले कस्ता जवाफ दिए ? विस्तृत ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रम को ७३ औ श्रृंखला । हेर्ने प्रयास गर्नुहोला ।

Комментарии

Информация по комментариям в разработке