Dewali, Kul Puja, yo mari Purni, यो मरी पुन्हि, कुल देवता पुजा, kathmandu, Lalitpur, nepal

Описание к видео Dewali, Kul Puja, yo mari Purni, यो मरी पुन्हि, कुल देवता पुजा, kathmandu, Lalitpur, nepal

यो मरी पुन्हि ‘’कुल देवता पुजा’’ (थिंलाथ्व: पुर्णिमा) ११४४ , २०८० साल मंसिर १० गते मंगलवार, हाम्रो डंगोल तथा महर्जन परिवारको देवाली ‘’कुल देवता पुजा’ मनाउने क्रममा सानो झलक भिडिओ बनाएका छौ !
यसपाली मेरो छोराहरु, बुहारीहरू र नातिनी सब-परिवार सहित भेला भै देवाली 'कुल पुजा' मनाउने अवसर पाएका छौ !
यस पुजा को लागि तयारी एक दिन अगाडी बाट काम सुरु हुन्छ चाहिने सरसान जोर-जाम पछि बिहान तखा: ( थल-थले ) बनाउनको लागि मासु काट्ने आवश्यक अनुसार पानि तताउने काम सुरु हुन्छ ! करिब ३ घण्टा जति पानि तताउने काम हुन्छ ! त्यस बिच खालि समयमा चतामारी बनाउदै, मासको बारा वा थालिमा स्टिम गरि पकाएको मास, जला, कचिला सित् चतामारी खादै पिउदै रमाईलो गरिन्छ ! तखा थल-थले र न्याखुना करीब ५/७ घण्टा पकाई सके पश्चात मासु पाक्छ ! तखा: र न्याखुना पिरो तखा बनाउने चलन छ !

बिहान बाट पुजाको लागि नुहाई चोखो भई पुजा को लागि तयार गरिन्छ ! त्यस पछि देवाली ''कुल पुजा'' को लागि सब परिवार सहित देवाली कुल देवता मन्दिर जाने काम हुन्छ ! हाम्रो चलन अनुसार नया दुलही भए नया दुलही लाई कुल पुजा यानिकि देवालीमा दुलही लाई भित्र्याउने चलन छ र भित्र्याउनको लागि दुलहीको घर बाट दुलाहाको घरमा कलह सहित पुजा सामंग्री पुर्याउनु पर्ने चलन छ ! सोहि कलह पुजा बाट कुलपुजा यानी कि देवाली पुजा गरि आफ्नो कुल मन्दिरमा भित्र्याउने चलन छ र त्यसै गरि बच्चाहरु (नाति नातिनी) लाई मचाकी राखी पुजा गरि बच्चालाई भित्र्याउने चलन छ ! पुजा सके पश्चात मन्दिर परिसर मै बसेर समेबजी भोज खाने चलन छ र खाई सके पश्चात घर फर्किन्छ ! फेरी साझ घरमा भोज खाई पिई रमाईलो गर्ने चलन छ !

यो प्रथा हाम्रो पुर्खा देखिको चलन हो ! हाम्रो नेवारीमा पनि डंगोल र महर्जन परिवारमा ठाउ अनुसार हल्का फरक भने हुन् सक्ने छ ! मैले आफ्नो तर्फ बाट जति बुझेको छु लेखेको छु ! कृपया केहि सल्लाह सुझाब भए दिनु हुन् अनुरोध गरे !
सम्पुर्ण लेख पढी/ हेरी दिनु भएको धन्यवाद !🙏

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке