Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha

  • Buddha Gyan For Better Life
  • 2021-10-23
  • 69
Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha
  • ok logo

Скачать Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео Buddha Gyan!! असर्फीले भरिएको घडा ! buddha

This channel provides information about Buddhism, buddha's teachings, and the biography of enlightened yogis.

The aim of this video is just to provide information.

कथा: असर्फी भरिएको घडा ।
भगवान बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछी काँशीको बाटो भएर कपिलवस्तु आउँदै थिए । एकान्त सुनसान जंगलमा एउटा मानिस देखे ।
त्यसले पसिना - पसिना भएर जमीन खोस्रीरहेको थियो । त्यो देखेर बुद्ध उसको नजिक पुगे । हेरिरहे । मानिसले औजार बिसायो । हातले खोसरियो । जमीनबाट माटोको घडा झिक्यो । घडामा लागेको माटो पुछपाछ गरेर ढकन उघार्यो । ढकन उघार्दा घडा सुनका असर्फिले भरिएको थियोे । त्यो देखेर उ खुशीले चिच्यायो । उसको मुहारमा क्रान्ति देखियो ।
त्यतिन्जेल बुद्धले त्यस मानिसलाई हेरिरहे । बुद्धसग त्यस मानिसले भन्यो :-"सन्त महाराज तपाईंको उपस्थितिले मलाई यो धनदौलत प्राप्त भएको हो, त्यसैले यो घडा तपाईंलाई अर्पण गर्दछु ।"
भगवान बुद्धले उसको आग्रहलाई तत्काल अस्विकार गरिदिए । त्यो देखेर बुद्धसगै रहेका सिस्यले सोधे ? सिस्यलाई जवाफ दिदै बुद्धले "यो घडामा बिष भरिएको छ । त्यसैले मैले अस्विकार गरेको हुं," भने । बुद्धको जवाफ सुनेपछि सिस्यले भन्यो:- "घडामा त असर्फी थियोे, बिष त थिएन ।"
बुद्धले फेरि उसलाई जवाफ दिदै भने:-"मलाई थाहा छ, त्यो असर्फी नभएर बिष हो ।" सिस्यले बुद्धको जवाफ बुझ्न सकेन । त्यो संवाद सुनेको त्यो मानिसले यसलाई बिष मान्नुहुन्छ भने मैले भन्नू केही छैन । मैले यहीँ बिषमा उन्नति र सुखसमृद्धी देखेको छु, भन्दै असर्फीको घडा बोकेर त्यो मानिस घरतर्फ लाग्यो । बुद्ध पनि आफ्नो गन्तव्यतर्फ लागे ।
मानिसले घरमा पुगेर असर्फीको घडा बिसायो । त्यो देख्दा उसको परिवारमा खुसीको सिमा रहेन । हेर्दाहेर्दै त्यो गरिब मानिस धनवान् र सम्पन्न बन्यो । उसको सम्पन्नता देखेर उसका छिमेकीले ईस्र्या गर्न थाले र त्यस राज्यका राजाकहाँ पुगेर उजुरी गरे । हाम्रो छिमेकी, रातारात धनवान् बनेको छ, उसकहा नभएको केही छैन । राजाले भोलिपल्ट सिपाही पठाएर त्यस मानिसलाई दरबारमा बोलाए । राजाबाट बोलावट भएपछि त्यो मानिस दरबारमा हाजिर भयो । तिमी त रातारात धनवान् भयौ रे, कसरी ? उसले आफुले भेट्टाएको घडाका बारेमा बतायो । राजा उसको जवाफ सुनेपछि रिसले चुर हुँदै भने, "त्यो घडा भेट्टाएपछी म कहाँ हाजिर हुन आउनु पर्दैनथ्यो ? त्यो असर्फीको घडा दरबारबाट केही समय अघि हराएको थियोे ।"
राजाले उसलाई अह्राउदै भने:-"जाउ, जस्ताको त्यस्तै त्यो घडा लिएर आउ ।"
त्यो मानिसले राजालाई जवाफ दियो:-"घडाको असर्फी त सबै बेचिसके, त्यहीँ धन दौलतले भुमी र घर जोडे ।"
उसको जवाफ सुनेर राजा झनै रिसले चुर भए । तत्कालै आफ्ना सिपाहीलाई आदेश दिए:-"यसको सारा धनसम्पत्ती जफत गर । साथै, यसलाई र यसको परिवारलाई पनि बन्दी बनाएर कैद गर ।"
राजाको आज्ञा अनुसार त्यस मानिसका बालबच्चा र बृद्ध आमासहित उसलाई बन्दि बनाइयो । सम्पत्ती पनि सबै जफत गरियो । त्यसरी एकाएक बन्दी भएपछि त्यस मानिसलाई बुद्धका शब्दको याद आयो ।
बुद्धले त्यो असर्फीको घडालाई किन बिष भनेका रहेछन भनेर बुझ्यो ।
राजा बर्षमा एकपटक आफ्नो राज्यमा बन्दिगृहका बन्दी भेटन जादा रहेछन । राजाको भेट नयाँ बन्दी त्यस मानिससँग भयो । उसले भेटमा राजासँग भगवान बुद्धलाई भेटने इच्छा प्रकट गरेछ । राजा उसको बिन्ती सुनेर अक्क न वक्क भएछन । फेरि सोधे:-"किन बुद्ध भेटनुपर्यो ?"
आफुले त्यो असर्फीको घडा भेटदा बुद्धले बिष भनेको प्रंसग उसले सुनाएछ । त्यहीँ घडाका कारण आज म र मेरो परिवार बन्दी हुनुपर्यो, त्यसैले उहाँसग क्षमा माग्न चाहान्छु, राजासँग भनेछ । राजाले पनि बुद्धका बारेमा सुनेका थिए तर भेटेका थिएनन् । बन्दिको कुरा सुनेपछि भोलिपल्ट राजाले बुद्धलाई आफ्नो दरबारमा आउन निमन्त्रणा पठाए । बुद्ध त्यतिन्जेल कपिलवस्तुबाट कासी फर्किसकेका रहेछन । राजाको निमन्त्रणा पाएको केही दिनपछि बुद्ध राजाको दरबार पुगे । राजा, रानी र मन्त्री सबैले बुद्धको दर्शन गरे । राजाले बुद्धलाई त्यस बन्दिको आग्रह सुनाउदै बन्दिगृह पुग्न आग्रह गरे । बुद्ध पनि राजाको आग्रहलाई स्विकार्दै बन्दीगृह पनि पुगे । त्यहाँ पुग्दा उनले त्यस मानिसलाई देखे र त्यस मानिसले पनि बुद्धलाई चिनी हाल्यो र पाउ पर्यो । बुद्धले उसलाई सोध्नुभयो :-"कुशल मंगल ? अनि यहाँ किन कसरी ?" त्यस मानिसले रुदै बन्दीगृह आइपुग्नुको बिस्तार बुद्धलाई सुनायो ।
उसले नढाटी सबै कुरा सुनाए पछी बुद्धलाई राजालाई भनेर मुक्त गरिदिउ भन्ने लागेछ । बुद्धले तत्काल राजालाई भनेछन:-"घडा भेट्टाएर सम्पन्न हुनु, उसको कुनै दोष छैन । त्यति बेला म त्यहीँ उपस्थित थिए । त्यो असर्फीको घडा उसले मलाई टक्रयएको थियो, मैले नलिए पछी उसले लिएको हो । त्यसैले यसलाई बन्दीगृहबाट मुक्त गरिदिनुहोस ।"
राजाले पनि बुद्धको आग्रहलाई मानेर परिवार र त्यस मानिसलाई मुक्त गरिदिए । बुद्धको महिमा र बचनको कदर भएको देखेपछि त्यस मानिसका परिवारले बुद्धका सिस्य हुने निर्णय गरे । त्यस बन्दी मानिसका परिवारसगै राजा पनि बुद्धका सिस्य बने ।

For more info:
https://www.kantipurdaily.com/kopila/...

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей [email protected]