रामेछाप बाढीपहिरोले गर्दा टेन्ट र त्रिपाल मुनी

Описание к видео रामेछाप बाढीपहिरोले गर्दा टेन्ट र त्रिपाल मुनी

नमस्ते सम्पूर्ण मेरो बुढा आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई। यो घटना रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नं १मा भएको हो। मिति २०८१/०५/०८ र ०९ गते अविरल आर्ताथ ठूलो वर्षा को कारणले गर्दा यस ठाउँको बासिन्दा मानिसहरू को जग्गा जमीन, बारी ,पाखा,खोलानाला र घरहरू नष्ट (बिजोक) भएको छ। बाढीपहिरो को कारण हामीहरू अहिले डाडा काडा, बाटो र आर्को जमीन बारी तिर आफ्नो सुरक्षाको लागि बस्नु परेको छ। आफ्नो जग्गा सबै नष्ट भएको कारणले गर्दा साथै आफ्नो जग्गामा बस्न नमिल्ने भएको कारणले गर्दा हामीहरू अहिले ५/६धुरी १ठाउँमा र आर्को ठाउँमा१०/११ धुरी गरी ३ठाउँमा मिलेर बस्दै आएका छौं। हामीहरू कति दिन सम्म यसरी बस्ने सरकार हामीलाई कुनै ठाउँहरू हेरी बस्नको लागि मिलाइदिन पर्यो। अहिले धेरै बिजोग भएको छ टेन्ट र त्रिपाल मुनि बच्चाहरु, बृदा बुबाआमा र आसक्त ब्यक्तिहरु अहिले चिसोको कारण बिरामी हुने रुघाखोकी लाग्ने, ज्वरो आउने, पेट ढारिने र बच्चाहरु पढाई बिग्रिँदै गएको छ। बिरामी भयो भने राम्रो हेल्थ चेकअप को लागि २/३ घण्टा को बाटो हिँडेर जानू पर्छ। ठूलो नै बिरामी भयो भने एम्बुलेन्स को लागि बाटो घाटो पनि सबै पहिरोले बाटो बिजोक रहेको छ। हामीलाई आशा छ नेपाल सरकार बाट धेरै भन्दा धेरै छिटो सहयोग दिलाउनु हुन्छ। धन्यबाद
बाढीपीडित
कृष्ण थामी रामेछाप

Комментарии

Информация по комментариям в разработке