दौड । भो! आज देखि म सुत्दिन ! Daud | sad poetry |video editing | recitation | Shanta

Описание к видео दौड । भो! आज देखि म सुत्दिन ! Daud | sad poetry |video editing | recitation | Shanta

दौड!

के निदाउनु?
जिउभरि पसि्ना बोक्यो,
दिमागमा भिर्यो कसैको खोक्रो याद,
ओढ्यो बोक्रे दर्शनको खोल,
लड्यो विस्तारामा एउटा ज्यूँदो लास!!
आँखा चिम्म गर्यो, अन्धकार नै अन्धकार!!
आँखा खोलेर पनि उज्यालो हुने त होइन।
मेरो आकाशमा घाम छैन।
जतिबेलै रात परेपछि कति सुत्नु?
दिनभरी लड्यो दुनियाँसँग,
विस्तारामा लडेपछि आँफैसँग हारिन्छ।
के का लागि सुत्नु?
एकैछिन ढल्यो,
मुटु सुस्त हुन्छ। मरिन्छ कि???
फेरि बिहान भयो भन्यो, दौडियो, मुटु काम्छ। मरिन्छ कि???
मस्तिष्क चुप बस्दैन।
यस्तै सोच्यो बस्यो।
छ्या!!
यस्ता हावा सोचहरुले के रछ्यान बनाउनु आफ्नै विस्तारालाई !
भो!! आजदेखि म सुत्दिन!!

✍️ Nishan Timalsina निशान तिमल्सिना
🎙 Shanta Nepal शान्ता नेपाल

*Wonderful video editing by : Binita Adhikari

Комментарии

Информация по комментариям в разработке