कम्बोडिया काण्डमा पत्रकार टङ्क दाहाललाई अमेरिकाबाट पक्राउ गरेर नेपाल लैजाने कुराको सत्य पाटो के हो ?

Описание к видео कम्बोडिया काण्डमा पत्रकार टङ्क दाहाललाई अमेरिकाबाट पक्राउ गरेर नेपाल लैजाने कुराको सत्य पाटो के हो ?

Exclusive : कम्बोडिया काण्डमा पत्रकार टङ्क दाहाललाई अमेरिकाबाट पक्राउ गरेर नेपाल लैजाने कुराको सत्य पाटो के हो ?
Ram Prasad Khanal talking with Tanka Dahal about this issue.
December 18, 2024
यदी तपाईंलाई हाम्रा गीत संगीत, भिडियोहरु मन पर्छ भने कृपया हाम्रो यो Youtube Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्घत गरिदिनुहुन सादर अनुरोध गर्दछु । तपाईं हामी सबैको जय होस ।

हल्लै हल्लाको देश !
हाम्रा केही युट्युबर, फेसबुके, टिकटके र केही स्वनामधन्य पत्रकारहरू, पत्रिकाहरू टङ्क दाहाललाई पक्रन रेड कर्नर नोटिस जारी गर्ने देखि पक्राउ परे सम्म भन्न लेख्न भ्याएछन । उता भ्याकेशनबाट टङ्क दाहाल म सँग फोनमा कुरा गर्दै हाँस्दै भन्दै थिए "हेर्नु भो सामाजिक सञ्जाल र अनलाइन, म त पक्राउ परिसकेँ नि" अनि मैले पनि टङ्कलाई उत्तर फर्काएँ - "तपाईँ मज्जाले भ्याकेशन मनाएर फर्किनुस, हल्लै हल्लाको देश हो हाम्रो देश । यहाँ हावा कुन बेला कुन दिशा तर्फ बहन्छ कसैलाई पत्तै हुन्न" । के थाहा ती हावाहरूलाई, टङ्कलाई केपी ओली स्वयम लागे पनि पक्राउ गर्न सक्दैनन प्रहरीको के कुरा भो र ! किनकि टङ्क अमेरिकन नागरिकता प्राप्त व्यक्ति हुन । अर्को कुरा टङ्कले अहिले सम्म कुनै त्यस्तो अपराध गरेको कहीँ कतै प्रमाणित भएको छैन, प्रमाणित भए अमेरिकाकै कानुन अनुसार हो उनलाई कार्वाही हुने । एउटा मिडियाकर्मीले आएका कुराहरू, दुवै पक्षका कुराहरू राखेर, ब्यालेन्स गरेर, पत्रकारिताको धर्म र मर्मलाई ख्याल गर्दै न्युज लेख्ने हो बोल्ने हो । न्युज लेखेकै भरमा, बोलेकै भरमा कार्वाही हुने हो भने त्यो कस्तो लोकतन्त्र गणतन्त्र रहेछ कुन्नि ! प्रेस स्वतन्त्रताको अर्थ के रहेछ ? लौन कसैले त यस बारेमा बताइदिनुस् !
हरेक वर्ष डिभी भर्ने अनि नतिजा हेरेर थुक्क यो वर्ष पनि मलाई डिभी परेन भन्दै टाउको ठोक्नेहरू अमेरिकालाई सत्तोसराप गर्छन् नै, टङ्क दाहालहरूलाई पनि अमेरिका बसेर नेपालको किन चासो लिने ? अमेरिकन नागरिकता लिएकाले नेपालका बारे किन बोल्ने भन्दै गाली गर्ने, जिउँदैमा श्रद्धाञ्जली भन्दै लेख्नेहरू, नेपालमै बसेर नेपालका भ्रष्ट नेताहरूको गुलामी गर्ने ती जोसुकै होउन तिनीहरू भन्दा टङ्क दाहाल देशलाई हजार गुणा बढी माया गर्छन् र रेमिट्यान्स पनि पठाउँछन देशमा । देशको माया नलाग्ने भएको भए किन यिनी यसरी खरो रूपमा अगाडि आए त ? जहाँ सम्म देश बाहिर बस्नेहरूको कथा छ यो कथाका जिम्मेवार ती भ्रष्ट शासकहरू की टङ्क दाहाल ?? स्मरण रहोस् देशको एक तिहाइ जनसङ्ख्या अहिले देश बाहिर छ टङ्कहरू मात्रै होइन ।
#ramprasadkhanal
#kpoli
#kpsharmaoli

Комментарии

Информация по комментариям в разработке