ठूली पाथीभरा जादैं हुनुहुन्छ? यसरी सजिलो बिधिसंग दर्शन गर्नुस कामना चाडो पूरा हुन्छ ।

Описание к видео ठूली पाथीभरा जादैं हुनुहुन्छ? यसरी सजिलो बिधिसंग दर्शन गर्नुस कामना चाडो पूरा हुन्छ ।

#पाथीभरा जादैं हुनुहुन्छ? यसरी पहिले क्रमैसंग अन्य देवी देवताको पूजा गर्नुपर्छ हैं ।
#पाथीभरा दर्शन गर्ने सम्पूर्ण जानकारी सहितको महत्वपूर्ण भिडियो।

पौराणिक पाथिभरा देवी भगवतीको भगवतीको निवास रहेको मानिने पाथिभरा तीर्थस्थल प्रति नेपाल भरीका मात्र नभइ भारतको सिक्किम, आसाम, पश्चिम वंगाल र विहार हुँदै भुटान, बार्मा लगायत विश्वका बैदिक सनातन धर्मालम्बी भएका देशहरुबाट दर्शनार्थीहरु वर्षेनी आउने क्रम बढिरहेको छ । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिने भएकोले उहाँलाई सौन्दर्य प्रशाधनका सामग्रीहरु सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि एक किसिमले अनिवार्य रूपमा चढाउनु अनिवार्य जस्तै छ। पाथीभरा मन्दिरमा दर्शन गर्नु पूर्व त्यहाँ बिराजमान अन्य देवी देवताको पहिले क्रमैसंग पूजा गर्ने नियम छ। करिब ३ घण्टाको उकालो बाटो हिडरे थकित भएकाहरु माथि उक्लिसकेपछि हिमश्रृंखलाहरूको अलौकिक दृश्यले सम्मोहित भएर आफ्नो सम्पूर्ण कष्टलाई पलभरमै बिर्सेर स्वर्गीय आनन्दको अनुभूतिमा डुब्न पुग्छन्। भावशून्य भएर आफैं–आफैंमा हराउन पुग्छन्।

Комментарии

Информация по комментариям в разработке