शिवरात्री बिशेष भजन गुल्मी रेप्काधाम || Village Lovers||

Описание к видео शिवरात्री बिशेष भजन गुल्मी रेप्काधाम || Village Lovers||

शिवरात्री बिशेष भजन गुल्मी रेप्काधाम
हर्मिचौर गुल्मी जिल्लामा अवस्थित कालीगण्डकी गाउँपालिका को वडा नं १ हर्मिचौर हो । हर्मीचौर गुल्मि जिल्लाको नमुना गाउँपालीका को नमुना वडा मध्ये पर्दछ । संसार सबै भन्दा ठूलो शिला शालीग्राम जादा हर्मिचौर हुदै ६/७ कि.मि अगाडि जानु पर्छ । नेपालको सबै भन्दा ठूलो जल विधुत आयोजना कालिगण्डकी पनि यसको काखमै पर्दछ । हर्मिचौर ९ वटा टोल (साविकका वडा) मिलेर बनेको छ । यहाँका जनता निकै मिलनसार छन् । भौगोलीक दृष्टिकोणले हेर्दा मध्यपहाडी भागमा रहेको छ । यहाँको मौसम लाई हेर्दा समग्र नेपालको मध्य मौसम रहेको छ । हर्मीचौर का आकर्षक केन्द्र भनेको हिले सिद्द बाबा रहेको छ । यसलाई हिन्दु धर्ममा निकै महत्त्वका साथ वर्णन गरीएको छ । त्यस्तै यहाँ विष्नुधाम वृन्दावन धाम जस्ता महत्त्वपुर्ण धाम हरूको विकास हुदै गईरहेको छ । वृन्दावन धाममा अखण्ड अग्नि कुण्ड साथै कृष्ण भगवानको मनै लोभ्याउने मन्दिर रहेको छ भने बिष्नुधाममा एकै ठाउँमा १०८ भन्दा धेरै पिपल रहेको भुमि जहाँ बैशाख महिना पिपलको जल खाने महिलाहरूको भिड लाग्ने र कालीगण्डकी को किनारमा अवस्थित विष्नु भगवानको अत्यान्त आकर्षक मन्दिर रहेको छ । त्यस्तै गाँउको कोट घर पनि यहाँ मुख्य धार्मिक स्थल हो । शिक्षा तर्फ हेर्ने हो भने यहाँ १२ कक्षा सम्म अत्यन्तै शान्त मनोरम वातावरणमा पढाई हुने कम्यूटर शिक्षा रहेको अङ्गेजी तथा नेपाली माध्यम पढाई हुने स्कूल छ । त्यस्तै ठाउँ ठाउँ मा गरी अन्य ४ वटा सरकारी स्कूल र कक्षा ५ सम्म निजी स्कुल पनि रहेको छ । कृषिले उर्वर जमिन यहाँको रहेको छ । हर्मिचौर को वातावरण र यसको दिशा (फर्काई र सुर्योदय को एङ्गल) लाई हेर्दा कफी खेती का लागि अत्यान्त सुवाउदो वातावरण रहेको विज्ञ हरूको भनाई रहेको छ ।

@Village Lovers
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thank you.

Комментарии

Информация по комментариям в разработке