Bhakapur Durbar Squire Historical Description //भक्तपुर दरबार स्क्वायर सबै भन्दा धेरै भ्रमण......

Описание к видео Bhakapur Durbar Squire Historical Description //भक्तपुर दरबार स्क्वायर सबै भन्दा धेरै भ्रमण......

भक्तपुर दरबार स्क्वायर नेपालको भक्तपुर जिल्लामा अवस्थित छ। भक्तपुर दरबार स्क्वायरनेपालमा रहेका १० वटा विश्व सम्पदाहरु मध्ये एक हो । काठमाण्डौँबाट १३ कि.मी. पूर्वमा स्थित भक्तपुर दरबार स्क्वायर समुन्द्री सतहबाट १४०० मि. उचाइमा रहेको छ । भक्तपुर दरबार स्क्वायर नेपाली मौलिक सांस्कृतिक र ऐतिहासिक महत्व बोक्नुका साथै प्राचीन कलासंस्कृति, वास्तुकला र पुरातत्व झल्काउँदछ । भक्तपुर दरबार स्क्वायर काठमाण्डौँ उपत्यकामा सबै भन्दा धेरै भ्रमण गरिने दरबार स्क्वायर हो ।
भक्तपुर दरबार स्क्वायरको स्थापना मल्लकालीन राजा भुपतिन्द्र मल्लले १७ औँ शताब्दीमा गरेका थिए । भक्तपुर दरबार स्क्वायरलाई मध्ययुगीन कला र वास्तुकलाको सङ्ग्रहालयको रुपमा पनि चिनिन्छ । प्राचीन मूर्तिकला, मठ मन्दिर र हस्तकलाको सिद्ध उदाहरण भक्तपुर दरबार स्क्वायर काठमाण्डौँकै सबै भन्दा आकर्षक वास्तुशैली भएको उत्कृष्ट नमुना हो ।
भक्तपुर दरबार स्क्वायरको मुख्य आकर्षणहरु ५५ झ्याले दरबार, गोल्डेन गेट, मिनि पशुपति मन्दिर, वत्साला मन्दिर, ५ तल्ले मन्दिर र भैरवनाथ मन्दिर हुन् । यस दरबार स्क्वायर प्यागोडा र शिखरा शैलीका मन्दिरहरुको कलात्मक संग्रह हो ।
प्राचीन कला, संस्कृति र मूर्तिकला मात्र भक्तपुर दरबार स्क्वायरको आकर्षण नभई यहाँ स्थित नेवारी कला संस्कृति, रितिरिवाज र चाडपर्वहरु पनि यहाँको मुख्य आकर्षण हुन् । यहाँको परम्परा र रितिरिवाज अरु ठाउँको भन्दा बिलकुलै मौलिक र अविछिन्न छ । यहाँको “जुजुधौँ” जसलाई दहीको राजा पनि भनिन्छ, विश्वव्यापी प्रसिद्ध छ । यहाँको कला संस्कृति, मूर्तिकला, पुरातत्व, हस्तकला र सांस्कृतिक विविधताले वर्षेनी हजारौँको सङ्ख्यामा देश विदेशबाट पर्यटकहरु भित्र्याई रहेका छन् ।

Комментарии

Информация по комментариям в разработке