जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

Описание к видео जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

[अर्थपूर्ण र मूल्यवान् जीवन जिउन चाहन्छ भने
जीवनको दिशा महत्त्वपूर्ण छ]
स्वर्ग-राज्यचाहिँ मृत्यु, पीडा र कष्ट नहुने अनन्त खुशी र हर्षको ठाउँ हो ।
तसर्थ सय वर्षसमेत जिउन नसकिने अवस्थामा हजार वर्ष जिउनेझैँ गरी
हामीले लक्ष्यविनाको जीवन जिउनुहुँदैन, तर स्वर्ग-राज्यको निम्ति जिउनुपर्छ भनेर
परमेश्वरले बताउनुभएको छ ।

[परमेश्वरले मानव-जातिमाथि दया दर्शाउनुभएर दिनुभएको
अनन्त जीवन कसरी पाउन सकिन्छ ?]
२,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई जीवन दिनुभएजस्तै,
आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई घाँसका फूलजस्ता ओइलाउने जीवन होइनकि
अनन्त जीवन जिउनको निम्ति निस्तार-चाड मान्नुपर्छ भनेर सिकाउनुभएको छ ।

भजनसंग्रह ९०:९-१०
हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं ।
हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला । तापनि तिनीहरूको अवधि
कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं ।

१ पत्रुस १:२४-२५
किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता । घाँस ओइलाउँछ,
र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।” ...


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке