हामी किन यौन चाहनासित संघर्ष गर्छौं? | Why do we struggle with sexual desire

Описание к видео हामी किन यौन चाहनासित संघर्ष गर्छौं? | Why do we struggle with sexual desire

यौन सम्बन्धी परीक्षा सबैलाई आउँदछ। हाम्रो उमेर अथवा सामाजिक,वैवाहिक वा आत्मिक स्थिति जस्तोसुकै भए पनि हामी सबै यौन सम्बन्धी इच्छाहरू सँग संघर्ष गर्दछौं। यौन सम्बन्धी इच्छाहरू उत्पन्न हुन्छन् किनकि हामी यस्तो प्रकारले बनाइएका छौं कि हामी विपरीत लिङ्गप्रति आकर्षित हुन्छौं जो विवाहमा परिणत हुन्छ र जसको परिणामस्वरूप एउटा परिवारको स्थापना हुन्छ अनि यही आकर्षणले परिवारलाई जोड़ेर राख्दछ। यौन सम्बन्ध चाहिँ विवाहको सीमा भित्र आनन्द लिनका लागि बनाइएको हो। विवाह बाहिरको यौन सम्बन्धलाई परमेश्वर घृणा गर्नुहुन्छ। यसले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई भत्काउँदछ जसले गर्दा अन्तमा हाम्रो आत्मिक जीवनको मृत्यु हुँदछ। यसले हाम्रो परिवार र अरूसँगको हाम्रो सम्बन्धलाई भत्काउँदछ अनि शत्रुले हाम्रो जीवन अनि परिवारमा हात हाल्ने मौका पाउँदछ। जब प्रेमको प्रारम्भिक आकर्षण हराउँदछ र विवाहित जोड़ाले एक अर्कासँग समय बिताउन बेवास्ता गर्दछन् तब विवाहहरू भत्किन्छन् र परिवारहरू टुक्रिन्छन्। हाम्रो वैवाहिक जीवनमा रोमान्स र आकर्षण जीवित राख्नु अत्यावश्यक छ। तितोपनाले भरी रहँदा, चोटलाई पक्रिरहँदा र एक अर्कालाई शारीरिक घनिष्ठताबाट वञ्चित गर्दा हामीले कामुकता अनि व्यभिचारको परीक्षाको लागि बाटो खोलिदिन्छौं। हामी परमश्वर प्रति समर्पित भएर औ एक पवित्र जीवन जिउने निर्णय गरेर, हाम्रो पवित्र जीवनद्वारा परमेश्वरलाई आराधना गरेर, हाम्रो कल्पनाशक्तिलाई शुद्ध राखेर, हाम्रो विचारलाई सुरक्षित राखेर, परमेश्वरको भय मान्ने साथीहरूको संगतमा रहेर जसले हामीलाई उत्तरदायी राख्छन् र यौन परीक्षालाई उत्तेजित गर्ने प्रतेक स्थान र अवस्थाबाट भागेर औ अलग बसेर हामी यौन सम्बन्धी पापहरूबाट बाँच्न सक्छौं। परमेश्वरको अनुग्रह र अनुशासित आदतहरूले हामी यौन सम्बन्धी परीक्षामाथी विजय हुन सक्छौं अनि उहाँले चाहनुभएको जीवन हामी जिउन सक्छौं।

Sexual temptation is common to everyone. All of us struggle with sexual desires irrespective of our age or social,marital and spiritual status. Sexual desires arise because we are designed in such a manner that we are attracted to the opposite sex culminating in marriage through which a family is established and remains intact through this attraction. Sex is meant to be enjoyed within the boundary of marriage. God abhors sexual relations outside of marriage. It destroys our relationship with God which eventually leads to the death of our spiritual life. It destroys our relationship with our family as well as with others, we become disconnected with ourselves and it opens up a way for the enemy to work in our lives and in our families. Many marriages are destroyed and families broken when the initial charm of romance dissipates and married couples neglect spending time with each other. It is imperative to keep the romance and the attraction alive in our marriage. Harbouring  bitterness, nursing hurts and withholding physical intimacy from each other leaves us wide open to adultery and sexual temptation. We can avoid sexual sins by dedicating and deciding to live a consecrated life and to worship God through our holy living, keeping our imagination pure, guarding and protecting our thoughts, having godly friends who keep us accountable and fleeing and avoiding every place and situation that stimulates temptation. The grace of God and disciplined habits will help us overcome sexual temptation and live the way God wants us to live.

Chapters:
13:00 (1) हामी किन यौन चाहनाको परिक्षा अनुभव गर्छौ ?
Why do we struggle with sexual desires ?
27:55 (2) विवाह बाहिर यौन सम्बन्ध पाप हो
Sex outside marriage is Sin
43:48. (3) यौन परिक्षा देखी आफैलाई कसरी सुरक्षित राख्ने?
How to protect ourselves from sexual temptations
1:18:40. (4) तपाईं ढल्नुभएको छ भने पश्चाताप गर्नोस।
Repent if you have fallen

Sunday the 28thFebruary 2021
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA

Facebook:   / wlcgangtok2003  
Subscribe:    / danielchhetri68  
Source: Freebibleimages, Pexels, Bible project

Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.

To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: [email protected]

Комментарии

Информация по комментариям в разработке