HOW TO KNOW REAL PROPHET || साचो अगमबक्ताको सेवकाइ कस्तो हुन्छ ? || BONEY TAMANG ||

Описание к видео HOW TO KNOW REAL PROPHET || साचो अगमबक्ताको सेवकाइ कस्तो हुन्छ ? || BONEY TAMANG ||

Faith in God ministries

पुरानो करारमा अगमबक्ता लाई दर्शी भनिन्थ्यो | जसको अर्थ देख्ने मान्छे हुन्छ | अगमबक्ता मा हुन लागेको कुरा हरु देख्ने सामर्थ्य परमेश्वर ले नै हाली दिनु भएको हुन्छ | बाइबल मा ठुलो अगमबक्ता सानो अगमबक्ता हरु छन | यसबाहेक ७० जना धर्म गुरु लाई पनि अगमबक्ता को समुहमा नै राखिएको पाईन्छ | नयाँ करार मा आएर यो बरदान ( बोलवाट )लाई पञ्चदलिय सेवकाइ को एक बरदान् पनि भनिएको छ | यो चाँही ख्रिस्ट् येशू ले मन्डली को निर्माण को लागि दिनु भएको बरदान् हो | अगमबक्ता को मुख्य काम चाँही मानिस हरु लाई येशुमा जीवन छ भनेर बताउनु अनी मन्डली लाई पाप बाट निस्किनु को लागि चेताउनी दिनु पनि हो | पुरानो करार मा अगमबक्ता हरु ले प्राय पश्चताप को प्रचार गर्ने गर्दथे | कुनै पनि अगमबक्ता ले भोली यही नै हुन्छ भनेर ठोकुवा गरेर भन्नु सक्दैन | अगमबक्ता दर्शी चाँही हो तर परमेश्वर चाँही होइन | परमेश्वर लाई मात्रै सबै कुरा थाहा हुन्छ | शमुएल अगमबक्ता पनी दाउद लाई चिन्नु को लागि असफल भए | तसर्थ बिस्वसिले अगमबक्ता लाई आदर गर्नु असल हो तर झुटो हो कि सत्य हो त्यो पनि हामी ले जाच गर्नु पर्छ | बिश्वासि हरु पनि अहिले अगमबक्ता खोजी खोजी आफ्नो मन्डली लाई छोडेर हिंड्नु बाइबलिय होइन | याद गर्नु होला अगमबक्ता जोखाना हेर्ने ब्यक्ती होइन | हात हेर्ने मान्छे होइन | निरन्तर बचन अध्ययन गरेर बचनमा जरा गाड्ने मानिस नै परिपक्क हुन्छ | अगमबक्ता भन्ने बितिकै आँखा चिम्लेर बिश्वास गर्नु अगाडि आफ्नो मन्डली को गोठालो सँग आत्मिकी सल्लाह लिनु जहिले पनि असल हुन्छ | किनकी अन्त्यमा तपाईं लाई चहिने तपाईं को आफ्नै स्थानिय मन्डली र आफ्नो गोठलो नै हो | सबै अगमबक्ता झुटो नै हुन्छ भन्ने पनि होइन | तर पनि जाच गर्नु चाँही तपाईंको अधिकार हो |

Комментарии

Информация по комментариям в разработке