Elephant Attacking Bus l यात्रुबाहक बसलाई हात्तीले बाटो छेक्यो l Chitwan National Park

Описание к видео Elephant Attacking Bus l यात्रुबाहक बसलाई हात्तीले बाटो छेक्यो l Chitwan National Park

चितवन राष्ट्रिय निकुञ्जभित्र मोटरसाइकल, साइकल र पैदल यात्रा गर्दा जंगली जनावरहरुबाट आक्रमणको खतरा बढ्दै गएको छ । निकुञ्जभित्र संरक्षित जंगली हात्ती र गैंडा लगायतका जनावरहरुले यात्रीहरु एवं सवारी साधनहरुको बाटो छेक्ने, आक्रमण गर्ने र कतिपय अवस्थामा ज्यानै लिने गरेका छन् ।

निकुञ्जभित्रको सुबिधाप्राप्त बाटो प्रयोग गर्दै दैनिक सयौं यात्रुबाहक बस र अन्य सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् । यस क्रममा कहिले जंगली हात्तीले एक्लै र कहिलेकाँही बथानसहित सवारी साधन रोक्ने वा आक्रमण गर्ने गरेको छ । मोटरसाइकलमा यात्रा गर्दा प्रायः संधै जंगली जनावरको आक्रमणको सन्त्रास भइरहने भएपनि सो बाटोमा कुनै हताहती भए क्षतीपूर्तिको व्यवस्था भने नहुने प्रावधान छ ।

यसै सन्दर्भमा एक यात्रुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको र भाइरल भएको एक भिडियोमा यहाँ प्रकाशित गरेका छौं । भिडियोमा काठमाडौंबाट ठोरीतर्फ जादै गरेको यात्रुबाहक बसलाई हात्तीले बाटो छेकेको देखिन्छ ।

#ChitwanNationalPark, #ElephantAttack, #JungleTravel

Комментарии

Информация по комментариям в разработке