IDS on Parliament | Rabi Lamichhane's Reply to

Описание к видео IDS on Parliament | Rabi Lamichhane's Reply to

भ्रष्टाचार निवारण ऐन को संशोधन को विरोध गर्दै यस बिल लाई पास हुन नदिने उद्देश्यले हामीले हिजो एउटा भिडियो मार्फत हाम्रा दर्शक हरुलाई एउटा अभियानमा संलग्न हुन आह्वान गरेका थियौं। अभियान अन्तर्गत हामीले हाम्रा दर्शकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हरुको सम्पर्क नम्बर प्रदान गर्दै ती २७ सदस्यलाई उक्त संशोधन पास हुन नदिने गरी फोन,मेसेज गर्न आह्वान गरेका थियौं।
अभियान सुरु भएको चौबीस घण्टा नबित्दै हाम्रो आवाज संसद मा गुन्जिएको छ। देशको परिवेशलाई युवाहरुले नियालिरहेको र गलत काम विरुद्ध खबरदारी गरिरहेको सन्देश पुगेको छ। बधाई छ हामी सबैलाई।
तर यो अन्त्य हैन, यो सुरुवात हो। यस्ता भ्रष्टाचारी बचाउने कानुन बन्न बाट रोक्नु पर्छ, र राज्यव्यवस्था चलाउनेहरुको नियतमाथि हामीले निगरानी राखी राख्नु पर्छ।

#JusticeHasNoDeadline
#NoCorruption
#भ्रष्ट_उम्किन_नपाउन

Комментарии

Информация по комментариям в разработке