Panchachamar Chhanda
Written by Laxmi Prasad Devkota
Recited by Bhushita Vasistha
Music Directed by Aavaas
Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019'
Ek Sundari Beshya Prati
Bhushita Vasistha
Lyrics by Laxmi Prasad Devkota
एक सुन्दरी वेश्या प्रति
भूषिता वशिष्ठ
शब्द: महाकवि लक्ष्मी प्रसाद देवकोटा
Lyrics:
म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका !
मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ !
म मत्तमा ! म मस्तमा ! मलाई प्यास सुन्दर !
म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !
इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो !
म मासुको गुलाफको मिठास के गरी? भूलूँ
निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो !
समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी !
म दीपको पतङ्गको उडान–निम्ति वार के !
यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो !
यही चकोर प्यास हो ! हुनाको मात, आश हो !
म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो !
‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ?
कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ?
यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है !
म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !
यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ !
न हाँस ! कालको कथा कता कता सुनिन्छ है !
तिमी नजीक काल के ? म कालसाथ लड्दछु !
तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु !
उषा थिइन्, जली मरिन्! सुवर्ण–साँझ अल्पिइन्
न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ !
न देखिने खुँडा लिने मलाई क्वै सताउँछ !
कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !
प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ?
र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ?
सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ?
गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?
म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ !
विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !
म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे !
अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे !
तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !
सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्!
तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास होस् !
झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !
ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्!
तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् !
तँ नूर हो स्थिरप्रभा ! यहाँ छ –कामिनीशिखा
धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !
निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !
तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !
तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो !
हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !
अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?
विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?
म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !
मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया !
म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस !
मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्!
म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !
नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !
तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !
विशाल सूनसान नै बसाउनेछु सुन्दरी !
कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले
छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !
बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ
बजारमा समाजको, गिज्याइ आजको मुख ?
जहाँ छ साँढे स्वार्थको सुचारु –पुष्पभक्षक !
जहाँ छ राज्य मासुको र आँशुको जलाशय !
छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !
ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !
चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !
जहाँ समाज नामको कुनर्कको मुहार छ !
समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !
अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !
तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा !
विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?
यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !
निसर्गको प्रवञ्चना !
यो दागदीप आजको ?
विशाल व्यङ्ग्य, व्यङ्ग्य हो !
समाजको समाजको !
प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी !
निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?
लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्!
धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ?
ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा !
Ma swapnindo chhu urwashi, jilaundo chhu menaka !
Malai divya kaminiko tirsana ananta chha !
Ma mattama ! Ma mastama ! Malai pyas sundar !
Ma adchhu ! Phulchhu, herchhu re ! Manushya pushpa pharphara !
Ishara, phulchha chitta yo ! Pukar, chalchha chhati yo !
Ma masuko gulaphko mithas ke gari? Bhulu
Nisargako chha aina yo ! Chha krishnalai chaina yo !
Samadhi–magna shambhuko prakopawadko khushi !
Ma dipko patangako udana–nimti war ke !
Yahi ta brahmapash ho ! Ra bandhine mithas ho !
Yahi chakor pyas ho ! Hunako mat, aasha ho !
Ma paudine taranga ho ! Ma mastine suwas ho !
Full lyrics: https://paleti.com.np/record/ek-sunda...
Playlists:
Bhushita Vasistha - • Bhushita Vasistha - Geet Govinda
Laxmi Prasad Devkota - • Robin Sharma - Kun Mandir Maa (कुन मन्दिरमा)
Recording Code: P866
Co-ordinator: Aavaas
© nepa~laya
------------------------------------------------------
Follow Paleti Nepalaya:
Facebook: / paleti
Twitter: / paletiofficial
Instagram: / paletiofficial
Website: https://paleti.com.np/
Subscribe to our channel for new videos - https://www.youtube.com/paleti?sub_co...
#Paleti
Информация по комментариям в разработке