Juneli Rekha Upanyas / जुनेली रेखा उपन्यास कक्षा बाह्र CBSE Nepali

Описание к видео Juneli Rekha Upanyas / जुनेली रेखा उपन्यास कक्षा बाह्र CBSE Nepali

जुनेली रेखा उपन्यास कक्षा बाह्र
जुनेली रेखा
गृहकार्यको उत्तर
1) जुनेली रेखा उपन्यासका लेखक को हुन् ? उनले यस उपन्यासबाट के भन्न खोजेका हुन् ॽ
उत्तर - जुनेली रेखा उपन्यासका लेखक इन्द्र सुन्दास हुन् । उनले यस उपन्यासबाट दार्जीलिङ वरिपरिका चियाकमानहरुमा अंग्रेज कालमा (भारत स्वातन्त्र हुन अघि ) अंग्रेज बड़ा साहबहरूको अत्यचार, शोषण र दुराचार कति थियो भन्ने कुरा प्रष्ट पार्न खोजेका छन् । त्यस बेला नाफा कमाउने उद्देश्यले चियाकमानहरुमा अस्पताल, स्कूल आदिको सुविदा दिएका थिएनन् । यसैले जुनेली रेखा उपन्यासमा पनि डाक्टरी चिकित्साको अभाव अनि धामी झाक्रीको फूकफाकमा भरपर्नु परेकाले धने रगतमासीले मर्‍यो भने जसेकी स्वास्नी सुतकेरी अवस्तामा स्याहार नपुगेर तरुण अवस्थामा नै मर्नु पर्‍यो । यति मात्र होइन दुराचारी बड़ा साहबले मालिनीलाई बेली छोकड़ी बनाएर शारीरिक शोषण गर्ने स्वार्थी विचार राखेर आफ्नै कोठी वरीपरीको फूलको हेरचाह गर्ने काम दिएको थियो । लेखक इन्द्र सुन्दासले यस्तो अत्यचार, शोषण र दुराचार गर्ने मानिसदेखि सचेत भएर समाजलाई यस्तो अवस्थावाट मुक्त बनाउने सन्देश दिन खोजेका हुन् ।
2) मालिनीको लोग्ने धने र जसेकी स्वास्नी कुन-कुन बिमारले मरेका थिए ॽ किन ॽ (भाग 1 पृष्ठ 5 अनुच्छेद 1 र 2)
उत्तर - डाक्टरी चिकित्साको अभाव अनि धामी झाक्रीको फूकफाकमा भरपर्नु परेकाले धने रगतमासीले मर्‍यो भने जसेकी स्वास्नी सुतकेरी अवस्थामा स्याहार नपुगेर तरुण अवस्थामा नै मर्नु पर्‍यो ।
3) मालिनीलाई घरि-घरि जसे उसको धरमा आएको किन अनुचित लाग्यो ?
उत्तर- मालिनीलाई घरि-घरि जसे उसको धरमा आएको अनुचित लाग्यो किनभने उ विधवा भए पनि आफ्नो लाग्नेको धर्ममा बसेर नेपाली सामाजिक, धार्मिक र नैतिक प्रचलनका पालन गर्न चाहन्थी ।
4)“ म एकलो फिट्टो, उ पनि एकली, उसको पनि मर्‍यो, मेरो पनि मर्‍यो,बालबच्चा छैन दुवैको. अन्त हामीलाई घरजम गर्दा केले
थुन्छ ॽ मैले धरम सम्झेर बोलेको है इष्टमित्र ।”
क) उक्त कुरा कसले कसलाई कुन बेला भनेको हो ॽ
उत्तर - उक्त कुरा जसेले मालिनी र उसको झुप्रोको आँगनमा भेला भएका मानिसहरूलाई, मातेर मालिनीको घरमा आएको बेला भनेको हो ।
ख) यहाँ दुवैजना किन एकलै छन् ॽ
उत्तर- यहाँ दुवैजना एकलै छन् किनभने मालिनीको लोग्ने रगतमासीले र जसेकी स्वास्नी सुतकेरी अवस्थामा स्याहार नपुगेर मरिसकेका छन् ।
ग) घरजम गर्नु भनेको के हो ॽ यहाँ कसले कोसँग घरजम गर्न खोजेको छ ॽ
उत्तर - घरजम गर्नु भनेको विवाह गर्नु हो । यहाँ जसेले मालिनीसँग घरजम गर्न खोजेको छ ।
5) जुनेली रेखा उपन्यासमा वर्णन गरेको चिया कमानको नाम के हो ॽ त्यहाँ किन सुत्केरी, शिशु र अन्य मानिसहरू त्यसै अकालमा नै मर्थे ॽ
उत्तर - जुनेली रेखा उपन्यासमा वर्णन गरेको चिया कमानको नाम मेकी हो । त्यहाँ सुत्केरी, शिशु र अन्य मानिसहरू त्यसै अकालमा नै मर्थे किनभने दार्जिलिङ वरिपरिका चियाकमानहरुमा अंग्रेज कालमा (भारत स्वातन्त्र हुन अघि ) नाफा कमाउने उद्देश्यले अंग्रेजहरूले चियाकमानहरुमा अस्पताल, स्कूल आदिको सुविदा दिएका थिएनन् । मजदुरहरू शिक्षाको अभावले धामी झाक्रीको फूकफाक जस्तो अन्धविश्वासको भरमा बाँच्न बाध्य थिए।
6) साहेबको कुदृष्टिमा मालिनीलाई किन विरक्त लाग्यो ॽ (भाग 3 पृष्ठ 12 अनुच्छेद 2)
उत्तर - साहेबको कुदृष्टिमा मालिनीलाई विरक्त लाग्यो किनभने उसलाई बड़ा साहबको दुराचारी (शारीरिक शोषण गर्ने ) विचार थाहा पाइसकेकी थिई ।
7) “ कि बैनी मनमा के छ, भन है, अँ, होइन भने भोलि रिपोट गरिछाड़, नत्र जसेले तिम्रो नाम बिकदि ,,,,,।
क) उक्त कुरा कसले कसलाई कुन बेला भनेको हो ॽ
उत्तर- बेहरानीले मालिनीलाई, जसे मातेर मालिनीको घरमा आएको हुनाले त्यसलाई खेदेर बेला भनेको हो ।
ख) यहाँ वक्ताले के जान्न चाहेकी हुन् ॽ
उत्तर – यहाँ बेहरानीले मालिनीको जसेप्रतिको विचार जान्न चाहेकी हुन् ।
8) हट्टाबाहर भनेको के हो ॽ कसले कललाई हट्टाबाहिर गर्‍यो ॽ किन ॽ
उत्तर - हट्टाबाहर भनेको कसैले कुनै काम बिराएको हुनाले उसले बस्ने साथै काम गर्ने क्षेत्रबाट निकालिने सजाय हो । यहाँ बड़ा साहबले जसेलाई हट्टाबाहिर गर्‍यो किनभने जसेले घरि-घरि मातेर विदवा मालिनीको घरमा गएर सताउनुका साथै विवाह गर्ने प्रस्ताव राख्थ्यो ।
9) जसे हट्टाबाहार भएका राती उसले मालिनीको झोपढ़ीमा के-के छोड़्यो ॽ (भाग 5 पृष्ठ 20 अनुच्छेद अन्तिम)
उत्तर - जसे हट्टाबाहार भएका राती उसले मालिनीको झोपढ़ीमा इस्कुस र फर्सीको गट्टा हालेको जाबी ( झोला ) छोड़्यो ।

10) जसेले हट्टाबाहार जस्तो ठूलो सजाय पाए पछि मालिनीलाई किन पश्चताप भयो ॽ (भाग 6 पृष्ठ 26 अनुच्छेद 1)
उत्तर - जसेले हट्टाबाहार जस्तो ठूलो सजाय पाए पछि मालिनीलाई पश्चताप भयो कारण उसले बड़ा साहबलाई रिपोट गरेर जसे भयो । मालिनीलाई जसेले के खान्छ, कहाँ बस्छ, कहाँ जान्छ भऩ्ने बिषयमा चिन्ता भयो । अर्काको कुरा सुनेर साहबलाई पोल लगाएकाले जसेले दुःख पाउनेभएकाले पश्चताप भयो ।
11) जसे हट्टाबाहार भएपछि के-के गरेर पेट पालो गर्‍यो ॽ
उत्तर - जसे हट्टाबाहार भएपछि पहिले दार्जीलिङको रेल चलुने ड्राइभर साहबको घरमा काम गर्‍यो पछि त्यो ड्राइभरको सरूवा भएपछि सोल्जर्स क्लबमा चौकिदारीको काम गरेर पेट पालो गर्‍यो ।
12)जसेलाई हट्टाबाहार गर्नुमा बढ़ा साहब के स्वार्थ लुकेको थियो ॽ
उत्तर –जसेलाई हट्टाबाहार गर्नुमा बढ़ा साहब के स्वार्थ लुकेको थियो भने उसले मालिनीलाई बेली छोकड़ीको रूपमा आफ्नो कोठीमा सधैंका निम्ति राखेर शारीरिक शोषण गर्न चाहन्थ्यो ।
13) “ तिमीले जित्यौ, मैले हार मान्नै पर्‍यो ।”
क) यो कसले कोसँग भनेको हो ॽ
उत्तर – यो वाक्य मालिनीले जसेसँग भनेको हो ।
ग) यहाँ कसको हार कसको जित भयो ॽ किन ॽ
उत्तर – यहाँ मालिनीको हार र जसेको जित भयो कारण मालिनीको कारणले मेकी कमानबाट हट्टाबाहर भएर दार्जीलिङ गएर जीवन बिताइरहेको जसेसँग नै विवाह गर्न वाध्य भई ।

Комментарии

Информация по комментариям в разработке