Why Ex-King Gyanendra Visited Bhutan? | पूर्वराजा ज्ञानेन्द्र भूटान किन गए ? | Sudheer Sharma

Описание к видео Why Ex-King Gyanendra Visited Bhutan? | पूर्वराजा ज्ञानेन्द्र भूटान किन गए ? | Sudheer Sharma

≈ पूर्वराजाको भूटान भ्रमण ≈

पूर्वराजा ज्ञानेन्द्र शाहले राजदरबार छाडेर सामान्य जीवन बिताउन थालेको १६ बर्ष भइसकेको छ । तर अहिले आएर अचानक उनलाई भूटानले आफ्नो देशमा राजासरह स्वागत-सत्कार गरेको छ । त्यहाँ टाँगिएका स्वागत ब्यानरहरुमा ‘हिज मेजेस्टी किङ’ भनेरै लेखिएको देखिन्थ्यो ।

गणतन्त्र आएपछि उनले विदेशी भूमिमा, यसखाले उच्च सम्मान पाएको यो पहिलोपटक हो ।

उनले २०८१ असोज १७-२० मा गरेको यो भ्रमणको उद्देश्य के थियो भन्नेबारे, न भूटान सरकारले केही बताएको छ, न त नेपाल सरकारले । त्यसले गर्दा पनि यसलाई लिएर अनेक प्रश्नहरु उठेका छन्, जसको जवाफ सार्वजनिक रुपमा उपलव्ध छैन । जस्तो कि :

के यो भ्रमण, दुइटा राजपरिवारको व्यक्तिगत निकटताका आधारमा भएको निजी भ्रमणमात्र हो ?
यदि यो निजी भ्रमण थियो भने, पूर्वराजालाई त्यहाँ किन सरकार वा राष्ट्रप्रमुखलाई जसरी उच्च महत्व दिइयो ?
के यसका पछाडि कुनै राजनीतिक वा भूराजनीतिक कारण पनि छ ?
कतै यो कदम, नेपालमा राजतन्त्र फर्काउने अभियानसँग गाँसिएको त छैन ?
भूटानले वैदेशिक मामिलामा, भारतले कोरिदिएको रोडम्याप हम्मेशी नाघ्ने गर्दैन । यो पृष्ठभूमिमा अर्को प्रश्न उठ्छ- त्यसो भए के पूर्वराजा ज्ञानेन्द्रको भ्रमण भारतीय संस्थापनको सहमतिमै भएको हो ?
के थिम्पुले कुनै किसिमको मध्यस्थकारी भूमिका खेल्न खोज्दैछ ?
अथवा, पूर्वराजाको भूटान भ्रमण राजावादीहरुले गरेको ‘स्मार्ट पीआर एक्सरसाइज’ मात्र हो ?

यो कार्यक्रममा यिनै बिषयहरुमाथि चर्चा गरिएको छ ।

#sudheersharma #gyanendrashah #formerking #bhutan #bhutanvisit #insidestory #royalvisit #royalfamily #nepal #republic
------

» Chapters:
00:00 — Intro
03:03 — Bhutan Innovation Forum & Ex-King's Visit
08:02 — Royal Ties
12:26 — Political Move?
15:11 — India Factor
18:16 — Conclusion
------

» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------

» Subscribe our channel:    / @sudheerktm1  

» And, please stay in touch:
Facebook:   / sudheerktm  
Tiktok:   / sudheerktm1  
Twitter: https://x.com/sudheerktm
Instagram:   / sudheerktm  

Комментарии

Информация по комментариям в разработке