पृथ्वीराजमार्गको मुग्लिनदेखि त्रिभुवन राजपथको नागढुंगासम्मको सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

Описание к видео पृथ्वीराजमार्गको मुग्लिनदेखि त्रिभुवन राजपथको नागढुंगासम्मको सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

काठमाडौँ जोड्ने मुख्य नाकाको रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिनदेखि त्रिभुवन राजपथको नागढुंगासम्मको सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नतिसहित घुम्ती लगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने-आउने सवारीचालकलाई लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता अत्यावश्यक सवारीसाधन चल्न दिइनेछ ।
नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेंसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке