पुस्तकका पानामा - Pustak ka Pana ma | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ | बालगीत

Описание к видео पुस्तकका पानामा - Pustak ka Pana ma | गीतकारः रामबाबु सुवेदी | संगीतकारः रामेश श्रेष्ठ | बालगीत

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। पुस्तकका पानामा - Pustak ka Pana ma गीतकार रामबाबु सुवेदी र संगीतकार रामेश श्रेष्ठको उत्कृष्ट बालगीत मध्ये एक हो।

गीतः
पुस्तकका पानामा - Pustak ka Pana ma

गीतकारः
रामबाबु सुवेदी

संगीतकारः
रामेश श्रेष्ठ

एनिमेसन प्रायोजनः
गणेश थापा

गायनः
बेनुका राई तथा रत्‍नशोभा महर्जन

स्कृप्ट तथा एनिमेसन निर्देशनः
करुण थापा

एनिमेसनः
सिल्भरगेट सफ्टवेयर प्रा. लि.
------------------------------------------------------------------------------------------------------
संगीतकार रामेश श्रेष्ठको परिचयः
------------------------------------------------------------------------------------------------------
रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुनुहुन्छ। रामेशको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। वहाँका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै वहाँ देशका विभिन्न ठाउँमा पुग्नभएको थियो।

विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । वहाँले केही समय रेडियो नेपालको जागिर पनि खानुभयो । पछि ओखलढुंगा र खोटाङका विद्यालयमा पढाउनुभएको थियो।

२०४२ सालमा पहिलो बालगीतको एल्बम निकाल्नुभएका रामेशले रामबाबु सुवेदीसँग धेरै बालगीतहरुमा संगीतकारको रुपमा सहकार्य गर्दै आउनुभएकोछ। जमुनीको छोरो वहाँहरुको सर्वाधिक चर्चित र लोकप्रिय बालगीत मानिन्छ।
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
------------------------------------------------------------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।

हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।

कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।

साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।

सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।

------------------------------------------------------------------------------------------------------
एनिमेसन प्रायोजक गणेश थापाको परिचयः
------------------------------------------------------------------------------------------------------
नेपालको बाजुरा जिल्ला, नुवाघर गाउँमा जन्मेका कर्ण ब. थापा र रेणुदेवी थापाका जेठ पुत्र गणेश थापा सन् १९७८ मा कक्षा ४ मा बुढानीलकण्ठ स्कुल प्रवेश गरे। सो स्कुलमा १० वर्ष गुरु तथा गुरु आमाहरूको प्यार र रमणीय वातावरणमा शिक्षा आर्जन गरी O'Level र A Level पश्चात् सन् १९८८ मा छात्रवृत्ती प्राप्त गरे र बेलायतको LIVERPOOL
UNIVERSITY SIT CIVIL ENG. DEGREE पढ्न गए।

सो विश्वविद्यालयबाट उत्कृष्ठ श्रेणीमा DEGREE प्राप्त गरे र केही वर्षहरूमा M.Eng. र CHARTER ENGINEER दक्षता पनि हासिल गरे । अहिले सोही बेलायतको MANHIRE ASSOCIATES भन्ने एउटा ENGINEERINC CONSULTANCY मा PROJECT DIRECTOR LEVEL मा कार्यरत छन् ।

स्कुलदेखि नै साहित्य र रचनामा चाख राख्ने गणेश निरन्तर स्कुलको वार्षिक पत्रिका "भञ्याङ"मा आफ्ना कथा, कविता र निबन्धहरू लिई प्रस्तुत भइरहन्थे ।

आज आफ्नै आदरणीय गुरु श्री रामबाबु सुबेदीको यो साना बालबालिकाको मानसिक विकासका लागि एक महत्वपूर्ण PROJECT मा संलग्न भई यो एउटा गीतको एनिमेसनको लागी प्रायोजन गर्न पाउँदा निकै हर्षको अनुभूति गरेका छन् र सुवेदी सरप्रति आभारी छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८

यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।

#पुस्तकका_पानामा #Pustak_ka_Pana_ma
#रामबाबु_सुवेदी #Rambabu_Subedi #रामेश_श्रेष्ठ #Raamesh_Shrestha

Комментарии

Информация по комментариям в разработке