हङकङको अस्पतालमा नेपाली डाक्टर Dr. Supravha in Hong Kong

Описание к видео हङकङको अस्पतालमा नेपाली डाक्टर Dr. Supravha in Hong Kong

हङकङको अस्पतालमा नेपाली डाक्टर
हङकङको कोङ्मा हस्पिटलको आईसियुमा कार्यरत नेपाली डाक्टर सुप्रभाको दैनिकी निक्कै व्यस्त छ । कोभिड १९ को महामारीका कारण अहिलेको समयमा उनको व्यस्तता झनै धेरै छ ।
हङकङमा रहेका अधिकांश नेपालीहरु विशेषगरी निर्माण क्षेत्र, रेस्टुरेन्ट, सेक्युरिटी कम्पनीहरुमा कार्यरत छन् । केहीले व्यापार व्यवसाय पनि गरिरहेका छन् । डा.सुप्रभा महरा भने यहाँको कोङ्मा हस्पिटलमा डाक्टरका रुपमा कार्यरत छिन् ।
सानैमा कसैले भविष्यमा के बन्ने ? भनेर सोध्दा सुप्रभा जवाफ दिन्थिन् ‘डाक्टर’ । पढाईमा राम्रो गर्दै गएपछि आफन्तको अपेक्षा पनि डाक्टर बनोस् भन्ने नै थियो । अन्ततः उनी डक्टर बनिन् ।
कोङ्मा हस्पिटलको आईसियुमा कार्यरत सुप्रभाको दैनिकी निक्कै व्यस्त छ । कोरोना महामारीका कारण अहिलेको समयमा उनको व्यस्तता झनै धेरै छ । उनी काममा यतिसम्म व्यस्त छिन्, हालसम्म उनले फेसबुक, इन्टाग्राम जस्ता सामाजिक सञ्जालहरु समेत प्रयोग गरेकी छैनन् । उनीसँग यो कुराकानी गर्न पनि तीन हप्ता पर्खिनु परेको थियो । हङकङमा औंलामा गन्न सकिने नेपालीले मात्र अंगालेको चिकित्सा पेशामा डा.सुप्रभा सक्रिय छिन् ।
काठमाडौं, कलंकीको एलआरआईबाट हाईस्कुल पढेकी उनले भारत पुगेर साईन्समा प्लस टु सकिन् । त्यसपछि चाईना गएर मेडिसिन पढिन् । चाईनाबाट फर्किएर नेपालमा इन्टर्नशीप गरिन् पाटन हस्पितलमा । नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेर २ वर्ष काम पनि गरिन् ।
विशेषज्ञताका लागि अमेरिका जाने कि हङकङ भनेर उनी अलमल परिन् । दुवैतिर परिवार भएकाले उनी सुरुमा अमेरिका गएर लाईसेन्सको परीक्षा दिईन् । त्यहि बेला हङकङमा आमाले यता पनि राम्रो छ भनेर बोलाएपछि यहाँ आएर परीक्षा दिईन् । अमेरिका भन्दा हङकङमै पहिला रिजल्ट आयो । त्यसपछि यतै काम गर्न थालिन् ।
नेपाली लाइफ युटयुब च्यानलमा यसपटक डा. सुप्रभाको पेशागत अनुभव प्रस्तुत गरेका छौ ।
यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछौ ।

Nepali Doctor in Hong Kong,
Dr. Suparbha Mahara
Camara/ Editing : Dambar Krishna Shrestha
Supporters : Jagat Ambu Gurung,
Bhuwan Lingden,
Sujit Subba ,
Sarita Shrestha,
Ayushman Shrestha
@Nepali Life YouTube Channel
Email : [email protected]
Facebook:   / nepalilife  
instagram: nepalilife
Twitter: @nepali_life

Комментарии

Информация по комментариям в разработке