पूर्वमा मदन भण्डारी राजमार्ग कस्तो छ ? Madan Bhandari Highway in Eastern Nepal | Road Trip

Описание к видео पूर्वमा मदन भण्डारी राजमार्ग कस्तो छ ? Madan Bhandari Highway in Eastern Nepal | Road Trip

#travelvlog #highway #madanbhandarihighway

यो भिडियो मार्फत हामी तपाईलाई मदन भण्डारी भित्री मदेश राजमार्ग अन्तर्गतको झापा शान्तिनगरबाट पश्चिम तर्फ यात्रामा लैजादै छौं । सुदूर पूर्वमा यो राजमार्गको निर्माण अवस्था कस्तो छ त ? यात्रामा संगै रहेर जानकारी लिनुहोस् ।


मदन भण्डारी भित्री मदेश राजमार्गको यात्राको दुई वटा भिडियो हाम्रो च्यानल डी आर एण्ड ड्रिम्सले यो भन्दा अगाडि प्रस्तुत गरि सकेको छ । भिमान देखि कटारी सम्मको यात्रा र चतरा देखि कटारी सम्मको यात्रा । यस पटक भने हामीले झापा शान्तिनगर हापेन चोकबाट धरान सम्मको यात्रा गर्ने प्रयास गरेका छौं ।

२०७५ साल जेठ ६ गतेबाट निर्माण सुरु भएको मदन भण्डारी भित्री मदेश राजमार्ग नेपालको पूर्व देखि पश्चिम सम्मको रहेको छ । यो १३ सय ९० किलोमिटर लम्बाईको छ । यो राजमार्ग झापा जिल्लाको बाहुनडाँगीबाट सुरु भई शान्तिनगर, धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलिमाडी, हेटौडा, गैडाकोट, रामपूर, राम्दी, रिदि, बालकोट, सन्धीखर्क, सितलपाटी, सुर्खेत, बड्डीचौर, सहजपुर, बुडार, जोगबुद्ध हुँदै रुपाल सम्म पुग्छ । निर्माणको कुरा गर्ने हो भने अहिले सम्म धरान देखि हेटौडा सम्मको राजमार्ग निर्माण पुरा भई सकेको छ भने अन्य भागमा राजमार्ग निर्माणाधिन रहेको छ ।

धरान देखि झापा सम्मको सडकको लम्बाई १३५ किलोमिटर रहेको छ ।

Thank you YouTube for beautiful music🙏
Thank you the creators of the music tracks 🙏

dr and dreams
DR AND DREAMS

Thank you viewers of this video🙏🙏

Комментарии

Информация по комментариям в разработке