के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।

Описание к видео के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।

म Sobit Rana Magar सारङ्गीको धुनद्वारा बर्तमानमा हाँस्न खेल्न रमाउन आनन्दित भई जिउन सहज होस् भन्ने हेतुले यहाँहरु समक्ष फेरि यो धुन पेस गरेको छु । आशा छ हेरेर सुनेर मन पराई दिनु हुनेछ भनेर । मन पर्यो भने लाईक कमेन्ट र सेयर पनि गरि दिनुहुन बिनम्र अनुरोध🙏 गर्द्छु । यो भिडीयोको शुरुमा सारङ्गीलाई मादल जस्तै बजाएर मोबाईलमा रेकर्ड गरेर त्यसको केही भागलाई सेलेक्ट गरेर रिपिट गरेर ब्लुटुथ स्पिकरमा कनेक्ट गरेर बजाएर त्यहि तालमा सारङ्गी बजाएर रेकर्ड गरेको हुँ । यसलाई यसरी नै बुझेर माया गर्नुहुनेछ भन्ने पूर्ण बिस्वासका साथ आगामी दिन हरुमा अझै सुधार गरी ल्याउने कोसिस गर्नेछु । सारङ्गीको धुन मात्र हैन म गीत गाएर पनि राख्ने जमर्को गर्दैछु । सबै चाँजो पाँजो मिलाउँदैछु खाँचो छ त केबल हजुरहरुको माया र आशिर्बादको । भिडीयोमा देखिएको यो हाम्रै गैह्रा गाउँ हो जुन तनहुँ जिल्ला भानु नगरपालिका वडा नं चारमा अबस्थित छ ।
यो भिडीयो मार्फत् सम्पूर्ण नकारात्मक उर्जाहरु नष्ट भई सकारत्मक उर्जाको महसुस गराउनु मेरो उद्देश्य हो । हजुरलाई थोरै भए पनि मनोरन्जन दिन पाएँ भने मैले आफ्नो जिबनको सार्थकता भेटाउने छु । यसै भिडियो मार्फत् सबैसँग मित्रता गाँस्न चाहन्छु । देश बिदेश जहाँ रहनु भए पनि सदा स्वास्थ्य, खुशी र आनन्दित रहनुहोस् । धन्यबाद !

Комментарии

Информация по комментариям в разработке