कालेबुङमा दुईदिने मेगा हेल्थ क्याम्प आरम्भ: डा.पीडी भोटियाले भने, मणि ट्रस्टको कार्य सराहनीय

Описание к видео कालेबुङमा दुईदिने मेगा हेल्थ क्याम्प आरम्भ: डा.पीडी भोटियाले भने, मणि ट्रस्टको कार्य सराहनीय

हैदाराबादका चर्चित चारवटा हस्पिटलका विशेषज्ञहरूलाई ल्याएर आजदेखि कालेबुङमा दुईदिने मेगा हेल्थ क्याम्प आरम्भ भएको छ। 2014 मा स्थापनाकालदेखि नै स्वास्थ्यलाई सबैभन्दा धेर प्रमुखता दिएर कार्य गरिरहेको कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले यहाँको गर्ल्स हायर सेकेण्डेरी स्कूलको सेन्टिनेरी हलमा आजदेखि दुईदिने स्वास्थ्य शिविर आरम्भ गरेको हो।
शिविरमा हैदाराबादको नेसनल इन्सटिट्यूट अफ् गेस्ट्रोइन्ट्रोलोजी, ओमेगा हस्पिटल्स, रेनबो चिल्ड्रेन्स हार्ट इन्सटिट्यूट, मेडिकभर हस्टिपटल अनि कालेबुङको इस्मायल डेन्टल कियरका विशेज्ञहरूले विरामीहरूको स्वास्थ्य जाँच गरेका थिए। विशेष गरी हैदाराबादबाट क्यान्सर विशेषज्ञ, मुटु रोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, न्यूरोलोजी, न्यूरो सर्जरी, स्पाइनल सर्जरी, अर्थोपेडिक्स, जोइन्ट रिप्लेसमेन्ट आदिका विशेषज्ञहरू शिविरमा उपस्थित बनेका छन्।

Комментарии

Информация по комментариям в разработке