धार्मिक बिषयमा आफ्नो धारणा राख्नु हुदै, भुमीनन्द देवकोटा/dharma sangha/maitri dharma/maitriya online

Описание к видео धार्मिक बिषयमा आफ्नो धारणा राख्नु हुदै, भुमीनन्द देवकोटा/dharma sangha/maitri dharma/maitriya online

सर्वज्ञ परम पूज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको कोमल चरण कमलमा अनन्त सेवा ढोग गर्दछौं ।
मानवताको पहिलो रुप नै धर्म हो र यो भन्दा अन्य रुप हुन सकिदैन । बास्तवमा धर्मको परिधि भन्दा बाहिर कुनै पनि तत्व रहेको हुँदैन । र रहन पनि सकिदैन । अतः मानव जीवनको एउटै मात्र उद्धेश्य भनेको धर्म प्राप्त गर्नु हो । समग्रमा यस विषयलाई बुझेर सत्यताको खोजीमा रहेका स्वदेशी तथा विदेशी संघ भक्तहरु मैत्री धर्मको यात्रामा अघि बढि रहेका छन । यसैको आधारमा बोधि मार्ग दर्शन मैत्री धर्ममा उहाँ धर्म संघ गुरुज्यूले पालनाको आधारमा सम्भव भए सम्मको मार्ग दर्शन प्रदान गरि रहनु भएको छ ।

मैत्री धर्ममा हामीले अपनाउनु पर्ने पहिलो रुप नै सर्व गुरुहरु प्रतिको अपार अदार सम्मानको साथै गुरु मार्ग गुरु, माआत्मा गुरु र संघ भक्त अनुयायीहरु बिचमा अपार अदार सम्मानको भाव प्रकट गर्नु हो । यसैको आधारमा हामी भित्र हुनु पर्ने धर्मका सर्व भाव गुणहरु स्वतः घामको प्रकाश झै प्रकाशित भएर आउने छ । त्यसैगरि हामी माझमा समझदारी, विश्वास, मेलमिलाप, एकताको भावना मजबुत भएर आउने छ । त्यसकारण मैत्री धर्ममा रहेका जति पनि गुरुमार्ग गुरु र संघ भक्त अनुयायीहरुले अपनाउनु पर्ने अथवा पालना गरिनु पर्ने धर्मको पहिलो नियम भनेको नै उच्च अदार सम्मान भाव प्रकट गर्नु हो । मैत्री धर्ममा यसको पालना सँगै अपार धर्म पुण्य प्राप्त गर्नुको साथै मनुष्य आत्माबाट विस्तारै लोप उन्मुख दिशातिर अघि बढि रहेको प्रमुख गुण तत्वहरु जस्तै एक अर्कामा दया, माया, करुणा, इमानदारीता, साथ र सहयोग, सत् धर्म प्रतिको अपार सम्मान आस्था, भक्ति, विश्वास बृद्धि बिकाश हुँदै वर्तमान सामाजमा देखिएका विकृति, विसङ्गति, दुरब्यवहार, कुरीति, हिंसा, कलह, कुविचार र देखावटी प्रयोग हुँदै आएका संस्कार, रीति रिवाज जस्ता अन्धविश्वास कर्मका रुपहरु पनि विस्तारै हट्दै जाने छ ।

Комментарии

Информация по комментариям в разработке