Sansari Maya Bichitra || संसारी माया बिचित्र || Lyrics Video

Описание к видео Sansari Maya Bichitra || संसारी माया बिचित्र || Lyrics Video

Sansari Maya Bichitra || संसारी माया बिचित्र || Lyrics Video

संसारी माया विचित्र
मरेर के पो लान्छ र
नगर व्यर्थै लोभी मन
छोडेर जान्छ व्यर्थैको धन
आखेरी एक पेट खानु छ
हाँसी खुशी जीउँनु छ
अधर्म कहिल्यै नसोच्नु
सके पुण्य कमाउँनु
अधर्म कहिल्यै नसोच्नु
सके पुण्य कमाउँनु

हरियाली रानी बन
सन्तोष राख्नु आफ़्नै मन
नराम्रो कहिल्यै नसोचौं
दु:खको बिउँलाई नछरौं
नराम्रो हुन्छ पापीको मन
नरमाउँनु व्यर्थै मन
लोभीको हुन्छ धेरै धन
हुँदैन सत्य उसको मन
लोभीको हुन्छ धेरै धन
हुँदैन सत्य उसको मन

मृत्युको चक्र छ लोकमा
जन्म मृत्यु यो लोकमा
अरुलाई आँखा नतर्नु
कु-बिचारले नहेर्नु
मायाले हेर्नु सबैलाई
शत्रु मित्र दुवैलाई
दुष्ट बिचार हटाउनु
ज्ञानी बनी मन जित्नु
दुष्ट बिचार हटाउनु
ज्ञानी बनी मन जित्नु

हिँडौं शान्तिको बाटोमा
छोडी असत्य मार्गमा
उच्च राखौं आफ़्नो मन
सत्य गरौं आफ़्नो काम
नजलाउँनु हरियो बन
नरुवाउँनु अरुको मन
सके सबको भलो सोचौं
कुभलो कहिल्यै नसोचौं
सके सबको भलो सोचौं
कुभलो कहिल्यै नसोचौं

बत्ती बालौं मन्दिरमा
पुण्य कमाउँने खातिरमा
शुद्ध मनले ध्यान गरौं
सत्यको बाटोमा मन डोरयौं
बाटोमा काँढा हटावो
सुन्दर फ़ूल फ़ुलावो
मान्छेमा भेद भाव नगरौं
कु बिचारलाई सुधारौं
मान्छेमा भेद भाव नगरौं
कु बिचारलाई सुधारौं

वैगुणीलाई गुण गर्नु
रिस राग फ़ाल्दिनु
नदिनु दु:ख कसैलाई
धनि गरिब दुवैलाई
बिचार ठूलो लिएर
सबलाई माया गरेर
अमुल्य बन्छ जीवन यो
राम्रो काम गरेर
अमुल्य बन्छ जीवन यो
राम्रो काम गरेर

हिरा मोती भन्दा महंगो यो
अमुल्य छ है जीवन यो
संसार छ है बिचित्र
राम्रो सोचौं मन भित्र
मनमा धर्म भरेर
हिडौं धर्म गरेर
गरौं मनलाई फ़ूल जस्तो
पूर्णीमाको जून जस्तो
गरौं मनलाई फ़ूल जस्तो
पूर्णीमाको जून जस्तो

शरिर पापले भरेता
जादैन सागर तरेर
सङ्लो राख्नु जल जस्तो
नपार्नु धमिलो हिलो जस्तो
सोच्नु हुन्न अधर्म
मनमा राख्नु सत्कर्म
धर्मले गर्छ सबको हित
ईश्वर सित लाउँनु मित
धर्मले गर्छ सबको हित
ईश्वर सित लाउँनु मित

पञ्च त्वत्वले बनेको
खैकस्तो मान्छेको शरिर यो
कुन दिन मर्छ थहा छैन
मरेर जन्मिने हो की हैन
यस्तो मान्छेको चोलामा
मनलाई राखौं धर्ममा
शरिर त एक दिन मर्नु छ
ढुँगा माटोमा मिल्नु छ
शरिर त एक दिन मर्नु छ
ढुँगा माटोमा मिल्नु छ

आत्मा त उडेर गई जान्छ
पाप लोक भएरै रहन्छ
उडेर जाने यो आत्मा
पुगिन्छ कुनी कुन ठाउँमा
शरिर त आगोले खाईजान्छ
खरानी पो भईजान्छ
धर्म गरे स्वर्गमा
पाप गरे नर्कमा
धर्म गरे स्वर्गमा
पाप गरे नर्कमा


#tamang #sansarimaya
-----------------------------------------------------------------------------------------------------------
VISIT WEBSITE ➤ www.tamangsamaj.com
-----------------------------------------------------------------------------------------------------------
Business Inquiry - [email protected]
Call/Viber/Whatsapp: +977 9840062533

FOLLOW US ON SOCIAL MEDIA
➥ Visit us - https://www.tamangsamaj.com
➥ Like us on Facebook -   / tamangsamajofficial  
➥ Follow us on Twitter -   / tamang_samaj  
➥ Follow us on Instagram -   / tamangsamajofficial  

➥ Subscribe to Tamang Samaj Channel for unlimited Tamang News & Update and don't forget to click the BELL icon to get all the notifications of all the uploads.

➥ All Images & Videos are copyrighted to their respective owners. All content cited is derived from their respective sources For Education & Entertainment Purpose


© Tamang Samaj. All Rights Reserved.

Комментарии

Информация по комментариям в разработке